कोल्हबी । बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ५ स्थित बलुवा गाउँको खोलामा माछा मार्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।
उपमहानगरपालिका १६ टाङगिया बस्ती बस्ने ४५ वर्षीय ज्ञान बहादुर राइता मगरको मृत्यु भएको हो।
खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जननायक अस्पताल कोल्हबीमा प्राथमिक उपचार भएपछि प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले बतायो ।