मकवानपुर । मकवानपुरको हेटौंडामा मगर संस्कृतिमा आधारित बुद्ध चोक देखि हुप्रचौर सम्म झाँकीसहित र्याली तथा हुप्राचौरमा बिबिध साँस्कृतिक कार्यक्रम सहित मौलिक खानाका परिकार प्रदर्शनी गरी दिवस मनाइरहेको हो ।
नेपाल मगर सङ्घ तथा संघ संग आबद्ध पालिका समिति, भात्रृ संस्थाहरु , मगर गुठीहरु लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । संघको अध्यक्ष सन्देश तुम्सिंङ मगरको सभाध्यक्षता र हेटौंडा उपमहानागर्पलिकाका प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ्र
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले मगर समुदायको पहिचानको रुपमा रहेका कला र संस्कृति संरक्षण एवं प्रवर्धन मुख्य मुद्दा रहेको र हाल हेटौंडा उपमहानगरपालिका ८ मा बन्दै गरेको मगर संघको भवन लाइ सक्दो सहयोग गरि निर्माण कार्य सम्पन्न गर्ने बताउनुभयो ।
कार्यक्रममा मगरी भेषभूषासहित मगर समुदायमा प्रचलित कौराहा, घाटु, मारुनी, हुर्रा लगायतको प्रस्तुति हुनुको साथै राष्ट्रिय लोक तथा दोहोरि गायिका राधिका हमाल पुन , राष्ट्रिय कलाकार तथा नृत्यकार सशी पुन मगर, लोकप्रिय गायक शिव थापा मगर, लोकदोहोरी गायक अजित लोप्चन लगायतको प्रस्तिती सहित कार्यक्रम सम्पन्न भएको हो ्र
यस्तै कार्यक्रममा मगर संघ मकवानपुरको घर ९भवन० बनाउन जग्गा प्राप्तिको लागि महत्त्वपूर्ण भूमिका खेलेका हेटौंडा ८ कमाने स्थित लाङ्घाली मगर गुठिको कोषाध्यक्ष तथा ओम नगर टोल बिकास संस्थाको अध्यक्ष जित बहादुर सारु मगर , नेपाल मगर संघका पुर्व सल्लाहकार कृष्ण सारुमगर र हेटौंडा (०४ स्थित ग्यहोट मगर समाज मगर गुठीलाई संघले सम्मान र संघको भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने २३ जनालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समिति नि।सदस्य सारुमगर, केन्द्रीय सल्लाहकार विश्व आलेमगर, प्रदेश उपाध्यक्ष खेम जर्गा मगर, प्रदेश प्रशासन सचिब रामकुमार बोगटी थापा मगर, प्रदेश नि। सहकोषाध्यक्ष शंकर थापा, विभिन्न जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, गुठीका अध्यक्ष तथा प्रतिनिधिहरु स्थानीय कलाकार हरु लगायतको आतिथ्य रहेको थियो ।
मगर समुदायले बिहिबार देशैभर ४३ औँ राष्ट्रिय मगर एकता दिवस मनाइरहेका छन्। मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवम् नेपाल मगर सङ्घको स्थापना भएको अवसरमा फागुन १५ गते राष्ट्रिय मगर एकता दिवस मनाइँदै आएको छ ।
“मगरात सभ्यता दस्तावेजीकरण गर्दै, लेखन संस्कृति सङ्ग्रहालय बनाऔं, साङ्गठनिक रुपमा ४३ औँ स्थापना दिवस सफल पारौं।” भन्ने नारासहित पालिकास्तरदेखि वडा तथा टोल टोलमा दिवस विशेष कार्यक्रम भइरहेको छ।
मगर जातिको अधिकारमुखी साझा संस्था नेपाल मगर सङ्घको स्थापना दिवसको अवसरमा बिहीबार ४३ औँ राष्ट्रिय मगर एकता दिवस मनाइएको हो। सङ्घ स्थापना हुनु पूर्व मगरात सभ्यतासहितको समृद्ध मगर समाज निर्माण गर्ने उद्देश्यका साथ २०१२ सालमा श्यामसिंह थापाको नेतृत्वमा काठमाडौँमा मगर समाज सुधार सङ्घ गठन भएको थियो।
२०३६ सालको राजनीतिक आन्दोलनपश्चात् मगरको एकीकृत सामाजिक संस्थाको रुपमा २०३९ साल फागुन १५ गते दमौलीमा हेमबहादुर पुन मगरको अध्यक्षतामा नेपाल लाङ्घाली परिवार सङ्घ हालको (नेपाल मगर सङ्घ) स्थापना भएको थियो।
सङ्घले भिन्नभिन्न भाषा, धर्म र संस्कृति बोकेको मगरलाई एउटै सुत्रमा बाँधी एकताबद्ध गरेको र अग्रजहरुको ऐतिहासिक सङ्घर्ष र उपलब्धिलाई स्मरण गर्दै फागुन १५ लाई उत्सवको रुपमा मनाइँदै आएको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा रहेका १४२ जातजातिमध्ये कुल जनसङ्ख्याको तेस्रो स्थानमा मगर समुदाय छ।
देशको कुल जनसङ्ख्या दुई करोड ९१ लख ६४ हजार ५७८ मध्ये मगर समुदायको ६ दशमलव ९ प्रतिशत अर्थात् २० लाख १३ हजार ४९८ छ। पाल्पाको कुल जनसङ्ख्या २ लाख ४५ हजार २७ मध्ये ५३ दशमलव ०३ प्रतिशत मगर समुदायको बसोबास छ।