कलैया । बारा जिल्लाको सिम्रौनगढ वडा नम्बर ५ मा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पचरौताका एक जना घाइते भएका छ ।
दुर्घटना भएको स्थान नहर सड़क खण्ड स्थित टेढ़ी भन्ने पुल नजिकै भारतीय मोटरसाईकल बि.आर ०६ बि.एफ ६६२० नम्बरको मोटरसाईकल चलाउने क्रममा अनियन्त्रित भई चालक बिजय चौरसिया घाइते भएको हो ।
घाइते चौरसिया पचरौता –९ कलाबंजर बस्ने लखु चौरसियाका छोरा अन्दाजी १८–१९ वर्षीय रहेको ईलाका प्रहरी कार्यालय सिम्रौनगढ़ले जनाएको छ ।
घाइते चौरसियाको बीरगंज स्थित गण्डकमा रहेको बयोधा अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था गम्भीर स्रोतले जानकारी दिएको छ ।