Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

सुवर्ण गाउँपालिकामा अख्तियारको छापा, अध्यक्षको मोबाईल र सिम सहित तिनजना नियन्त्रणमा

सुवर्ण गाउँपालिकाको ब्रह्मलुट– तालिम कार्यक्रममा ४० प्रतिशतसम्म कमिशन, उपलब्धी शून्य, जाप्रतिनिधी मालामाल

कलैया । बाराको सुवर्ण गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसंधान आयोग काठमाडौंको टोलिले छापामारी गरेको छ। बढ्दो भ्रष्टाचारका समाचारहरु बाहिर आएपछी अख्तियारको टोलिले फागुन ५ गते कवहीगोठ स्थित पालिकाको कार्यालयमा छापा मारेको हो।

छापामारीको क्रममा अख्तियारले गाउँपालिका प्रमुख राजेश प्रसाद यादवलाई नियन्त्रणमा लिई करिब तिन घण्टा सोधपुछ गरेको समाचार प्राप्त भएको छ।

अध्यक्ष यादवको कलैया-४ स्थित गढिमाई दूध डेरिको खातामा अप्रत्याशित रुपमा लाखौं रकम विभिन्न व्यक्तिबाट ट्रान्सफर भएको सुचनाको आधारमा त्यसको छानबिन गर्न छापामारी गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले बताएका छन।

यादवले प्रयोग गर्ने दुई वटा मोबाईल तथा त्यसमा प्रयोग हुने ४ वटा सिमकार्ड समेत नियन्त्रणमा लिइएको उनले बताए।

अख्तियारले गाउंपालिकाका ३ जना कर्मचारीलाई समेत नियन्त्रणमा लिएको छ। नगर प्रहरी हवल्दार रोज महम्मद, जवान बिरभुषण प्रसाद यादव तथा गाउंपालिका अध्यक्ष यादवको नातामा भन्जा पर्ने वन हेरालु पदमा कार्यरत सुरेश प्रसाद यादवलाई नियन्त्रणमा लिएइको जनाईएको छ। नियन्त्रणमा लिइएका तिनैजनाको खातामा पनि अप्रत्याशित रुपमा लाखौं रकम ट्रान्सफर भएर आएकोले त्यसबारे छानबिन गर्न उनिहरुलाई नियन्त्रणमा लिइएको जनाईएको छ। अहिले उनिहरुलाई जनही ५०-५० हजार रुपैयां धरौटि राखी बोलाएको बखत उपस्थित हुने शर्तमा छोडिएको छ।

घटनालाई गुपचुप राखिएपनी अख्तियारले नै यसबारे प्रष्ट पारेपछी छानबिन खबरले प्रकाशित गरेको हो। गाउंपालिकाका सुचना अधिकृत मृगेन्द्र यादवले समेत अख्तियारको टोलि आएको र अध्यक्षज्युसंग सोधपुछ गरेको स्विकारेका छन। तर उनले थप खुलाउन चाहेनन।

अख्तियारको छापा बारे बुझ्न पालिका अध्यक्ष राजेश प्रसाद यादवको फोन नम्बर ९८५५०४८८८७ र ९८५५०४८८४२ मा सम्पर्क गर्दा स्विच अफ रहेको छ। यसअघि सुवर्ण गाउंपालिकामा व्यापक भ्रष्टाचार भइरहेको खबर संचारमाध्यममा आएका छ्न। लक्षितवर्गको लागि छुट्टयाईएको करोडौको बजेट टुक्रा पारेर २० देखि ५० प्रतिशत अग्रीम कमिशन लिई बिक्री बितरण गर्ने गरिएको आरोप समेत लागेको छ।

योजना बिक्रीका साथै कर्मचारी भर्नामा व्यापक रकमकाे चलखेल भएको निवेदनको आधारमा अनुसंधान गरिरहेको अख्तियार प्रवक्ता घिमिरेले जानकारी दिए।

अध्यक्ष राजेश यादवको प्रत्यक्ष संलग्नतामा भइरहेको योजना बिक्रीबितरण तथा कर्मचारी भर्ना बापत उठाईएको कमिशनका रकम उनको डेरि र कर्मचारीहरुको खातामा जम्मा गर्न लगाइएको आशंका व्यक्त गरिएको छ।

यादवकै सेटिङ्गमा त्यहां कनिष्ट तथा स्वास्थ्य सेवाका कर्मचारी सुजित यादवलाई निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा ल्याईएको र ‘मिलिजुली’ भ्रष्टाचार गर्ने गरिएको स्थानिवासिले आरोप लगाएका छ्न। अधिकृत सुजित यादव सोही गाउंपालिकाको वडा नं.४ का वडाध्यक्षका छोरा हुन।

केहिदिन पहिला मात्रै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकृत यादवको ‘निमित्त’ भएर काम गर्ने अधिकार खोसेको थियो। तर केहिदिनमै ‘नजराना’ बुझाएर उनी त्यही पदमा कायम भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

थाकस बाराको महोत्सवमा २५ जनामै सीमित रक्तदाता, रक्तदानभन्दा राजनीति नै भारी

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

सिमरामा मधेश बालिका सम्मेलन : बालविवाहविरुद्ध प्रदेशस्तरीय आवाज

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

महिला तथा बालिकाविरुद्ध हिंसा रोकथामबारे पत्रकारसँग अन्तरक्रिया

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

अस्थायी रोजगारीमै युवा निर्भर हुनु पर्ने बाध्यता: निर्वाचन प्रहरी 

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

उपाध्यक्ष चौधरीको पहलमा थारु कलाकार मंचले पाए भवनका लागि जग्गा

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

आमाको दूध प्रवर्द्धनमा जोड, कलैयामा सरोकारवालाको अभिमुखीकरण

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology