पर्साः वीरगञ्जको पावर हाउस नजिकै भारतीय नम्बर प्लेटको कार र अटो आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
घण्टाघरबाट गण्डकतर्फ गईरहेको बीआर ०५ वाई ०२६१ नम्बरको हुण्डाई भारतीय कार र पावरहाउसतर्फबाट घण्टाघरतर्फ विपरित दिशाबाट आइरहेको मधेस प्रदेश ०३ ००२ स ५९४० नम्बरको अटो एक आपसमा ठोक्किदा अटोमा सवार दुईजना घाईते भएका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार कार तीव्र गतिमा रहेको र गलत दिशाबाट आइरहेको हुँदा दुर्घटना भएको हो । अटोमा चार(पाँच जना महिला सवार रहेको र तिनैमध्ये दुई जना घाइते भएको बताइएको छ ।
दुर्घटनापछि कार चालक ह्याण्ड ब्रेक लगाएर तुरुन्तै गाडी छोडी भागेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । घटनापछि प्रहरी टोली दुर्घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेकोघाइतेहरूको परिचय भने अहिलेसम्म खुल्न सकेको छैन ।