नविन चौधरी, कोल्हबी । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशले बाराका अग्रज पत्रकार सत्य प्रसाद श्रेष्ठ सहित चार जना फोनिजकर्मीलाई पुरस्कार प्रदान गर्ने भएको छ । अग्रज पत्रकार श्रेष्ठ सहित रिना आले, लक्ष्मी चौधरी र डम्बर राईलाई पुरस्कार वितरण गर्ने निर्णय गरेको हो ।
फोनिज मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले ति चार जना पत्रकारलाई प्रदान गर्ने फोनिज मधेस प्रदेशका महासचिव बृवमान तमाङले जानकारी दिए ।
फोनिज मधेस प्रदेशका साधारणसभाका दिन अर्थात फागुन १७ गते प्रदान गरिने भएको सो पुरस्कार चार दशक अगाडि देखि नै पत्रकारिता सुरु गरेका रााससमा समेत कार्यरत पत्रकार सत्य प्रसाद श्रेष्ठ र रिना आलेलाई देवनारायण गनिया स्मृति पत्रकारीता पुरस्कार प्रदान गर्ने भएको छ भने क्रिएटिभ कृयाशील पत्रकारीता पुरस्कार लक्ष्मी चौधरी र डम्बर राईलाई प्रदान गर्ने निर्णय गरेका हुन ।
देवनारायण गनिया स्मृती पत्रकारीका पुरस्कारको संरक्षक बाराको करैयामाई गाउँपालिका वडा नम्बर ८ का किशोरी प्रसाद चौधरी तथा महेन्द्र प्रसाद चौधरी रहेका छन् । दुबैजना चौधरी दाजुभाई हुन् । जोठो किशोरी प्रसाद चौधरी सरकारी वकिलबाट अवकास प्राप्त व्यक्ति हुन् । भने कान्छो महेन्द्र प्रसाद चौधरी कृषि वरिष्ठ अधिकृतबाट अवकास प्राप्त कुशल राष्ट्र सेवक कर्मचारी हुन् । दुबै दाजुभाईले आफ्नो बाबु तथा आमाको नाममा करोडौ मूल्य पर्ने १५ कठ्ठा जग्गा दान गरी विद्यालय स्थापना गरेका छन् ।
त्यस्तै बाराको कोल्हवी नगरपालिका वडा नम्बर १० बेल्वा निवासी कमल बाबु चौधरी संचालन गरेका क्रिएटिभ वल्ड डिजिटल प्रा.लि. कम्पनीका नाममा क्रिएटिभ कृयाशील पत्रकारीता पुरस्कारका संरक्षक रहेको छ । चौधरी पछिलो समय सामाजसेवीसँगै कुशल व्यवसायीको रुपमा समेत परिचित रहेको छ ।
फोनिज मधेस प्रदेशले फागुन १७ गते हुने साधारण सभामा पुरस्कार वितरण गर्ने फोनिज मधेस प्रदेशका महासचिव तमाङले जानकारी दिए । कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल रहनुभएको छ ।