काठमाडौं । चर्चित गायक रविराज शाह र मेलिना राइको स्वरले सुसज्जित ‘चपुर घुम्न जाउँ’ नामक गीत र म्यूजिक भिडिओ सार्वजनिक भएको छ ।
रौतहटको व्यापारिक एवं पर्यटकीय सहर चन्द्रपुरको ऐतिहासिक महत्व दर्शाइएको गीत र भिडियो सोमबार सार्वजनिक भएको हो । गायक शाहकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको सो गीत धेरैले मन पराइरहेका छन् ।
यस गीतका लेखक हुन्, बालकृष्ण सापकोटा । गीत र भिडिओमार्फत् उनले आफ्नो गृहनगर चन्द्रपुरको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय महत्त्व झल्काउने प्रयास गरेका छन् ।
भिडिओको निर्देशन भने देवेन्द्र कुशवाहले गरेका छन् । गीतको कम्पोज भने गायक शाहले नै गरेका छन् । यो गीतले चन्द्रपुरको आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने विश्वास निर्माताको छ ।
गीत सार्वजनिक भएलगत्तै चौतर्फी रूपमा आइरहेको प्रतिक्रियाले आफूहरूलाई निकै सन्तुष्ट तुल्याएको सापकोटाले बताए । यसले भविष्यमा झन् नयाँ सिर्जना उत्पादन गर्न प्रेरित गरेको उनको भनाइ छ ।
मौलिक तथा लोक शैलीका गीतका लागि चर्चित रविराज र स्वरकी धनी मेलिनाको आवाजका कारण यो गीतले स्रोताको झन् मन मोहिरहेको छ ।