दिनेश शर्मा
सिरहा ५ साउन । सिरहाको गोलबजारमा खेतमा जमेको पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।गोलबजार नगरपालिका वडा नम्बर ८ बलकावा जाने बाटो छेउमा रहेको सगुन इटा भटा अगाडिको खेतमा पानीमा घोप्टो परेको अवस्थामा शव फेला परेको हो ।
गोलबजार नगरपालिका वडा नम्बर -८ सिडियो टोल बस्ने करिव ६० वर्षको मनोज थापा बहिरा भन्ने ब्यक्तीको शव रहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।बुधवार राती देखि हराएको थापाको शव आज गाउभन्दा करिव एक सय मिटर दुरिमा रहेको खेतमा जमेको पानीमा फेला परेको हो । शव लाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाउने त्यारी भइरहेको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।