कालोबजारी गर्ने आदर्श कोतवाल गाउँपालिका बिन्दु कानु प्रहरीको नियन्त्रणमा

0 0
Ads here
Read Time:2 मिनेट, 37 सेकेन्ड

सिकिन्द्र साह 

raining add

बारा जिल्लाकाे आदर्श कोतवाल गाउपालिका वार्ड नम्बर एक टाेल चिउटाहामा रहेको योगदान कृषि सहकारी संस्थाका संचालक कालोबजारी गर्ने बिन्दु साह कानु गएराति पक्राउ परेका छन। नेपालमा लक डाउन भए देखि नै चिउटाहा बजारमा कृषि सम्बन्धि औषधि युरिया मल महँगो दर कायम गरि बेचिरहेको अवस्थामा स्थानियहरुको गुनासो गर्दा महेन्द्र आदर्श चिउटाहाका ईलाका प्रहरी कार्यलयबाट प्रहरी नायब निरिक्षक अवधेश चौबैको कमान्ड खटिएको टाेलिले बिन्दु साह कानु र वाहाको छोरा करण साह कानुलाई प्रहरीले  नियन्त्रणमा लिएको थियो। छोरा र बुवालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको प्रहरी निरीक्षक चौबेले बताएका थिए। कानुले बिगत लामो समय देखि कृषि सहकारीद्वारा मल तथा किटनाशक औषधि कालाेबजारि गर्दै आइरहेका थिए। सरकारले तोकेको मुल्य भन्दा दोब्बर रेट कायम गरि बिक्री वितरण गर्दै आइरहेको स्थानिय बासिन्दा हरिकिसोर साहले बताएका छन। सो संस्थाको आफ्नै नजिकमा रहेका ब्यक्तीलाई समाबेश गरि संस्थाबाट मल खाद निर्यात गरि लाखौ लाख सम्पती आर्जन गरेको स्थानिय बासिन्दाहरुले बताउछन । देशमा लक डाउनको कारणले गर्दा  लगाइएको मकैमा युरिया मल हाल्नको लागि त्यहाका किसानहरु आतुर रहे ता पनि ब्यापारी कानुले कलैयाबाट मल ल्याउने बितिकै राता रात दोब्बर मुल्यमा बिक्री वितरण गर्नमा बुवा र छोरा तलिन रहेको समेत स्थानियहरुले बताएका थिए। नेपाल सरकारले कालोबजारी गर्नलाई कडाभन्दा कडा कारवाहि गर्न घाेषण गरेको छ। नेपाल प्रहरीले नियन्त्रणमा लिइएकोको कानुलाइ कस्तो सजाय हुन्छ भने स्थानिय बासिहरुले पर्खाइमा बसेको जानकारी प्राप्त भएको छ।

tamagadhi emergency add
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads