अति विपन्न ६१ घरधुरिलाई जीतपुरसिमराका समासेवीहरुले बाँडे खाद्यान्न

0 0
Ads here
Read Time:2 मिनेट, 13 सेकेन्ड

जीतपुर : कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई फैलन नदिन र यसको रोकथाम नियन्त्रणका उद्देश्य सहिँत सरकारले चैत्र ११ गतेबाट लकडाउन जारी गरेको छ ।
लकडाउनबाट अत्यावश्यक सेवा बाहेक सबै बन्द गरेको हुँदा मानिसहरुलाई घर बाहिर निस्कन रोक लगाईएका कारण असहाय , अति विपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्तिहरुको अवस्था अहिले सा¥है नैं दयनिय छ । स्थानीय निकायको यस्ता पिड्तिहरुको सही पहिचान गरी उनीहरुलाई तत्काल राहत उपलब्ध गराउँन नसक्दा यहाँका स्थानीय समाजसेवीहरुले नैं राहत स्वरुप खाद्यान्न बितरण गरेका छन् ।

cold baat bachau
tamagadhi emergency add

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का समासेवीहरु लालबाबु प्रसाद साह कलवार , चन्देश्वर प्रसाद साह कलवार , नन्दकिशोर प्रसाद साह , शम्भु राम लगायतका व्यक्तीले असहाय , अति विपन्न र दैनिक ज्यालदारी गरी खानेलाई राहत स्वरुप खाद्यान्न उपलव्ध गराएका हुँन् । कोरोना भाईरसको जोखिमलाई मध्य नजर गरी समाजसेवीहरुले सुरक्षित सतर्कता अपनाउँदै पालैपिच्छे गोलो घेरामा पिड्तिहरुलाई राखेर ६१ घरधुरीलाई खाद्यान्न वितरण गरेका हुँन् ।

Breast Feeding Ads

लकडाउनको बेलामा उपभोक्तालाई समस्या परेको हुदाँ केहि हद सम्म राहत दिलाउँने उद्देश्यले उनीहरुलाई प्रति घरधुरी पाँच किलो चामल , ५ सय ग्राम मुसुरोको दाल , ५ सय एमएल तरकारी पकाउँने तेल , एक प्याकेट आयो नुन बितरण गरिएको स्थानीय समाजसेवी चन्देश्वर प्रसाद साह कलवारले बताए । खरीबोटबाट सभार

Kolhabi Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु