पचरौता नगरपालिकाको आपतकालिन बैठक सम्पन्न

0 0
Ads here
Read Time:1 मिनेट, 49 सेकेन्ड

सिकिन्द्र साह  २०७६ चैत्र १९ बारा जिल्लाको पचरौता नगरपालिकाको कार्यालय बेनौलीमा गरिब दलित असहाय र ज्यालादारी गरि जिवन जिउने ब्यक्तीलाई चामल दाल तथा खाद्यान्न सहयोग गर्नको लागि नगर प्रमुख रमेशकुमार यादवको सकृयतामा बैठक सम्पन्न भएको छ। बैठकमा उप  प्रमुख इन्दु कुमारी देवी नगरपालिका भरिको वडा अध्यक्ष लक्ष्मी यादव कन्हैया यादव दिनानाथ सहनी जगतनरायण यादव मनोज यादव मखबुल मियाँ अन्सारी सर्बजित यादव गौरीशंकर साह धानुक पटेल तथा कार्यपालिका सदस्य तथा वडा सदस्य मधु जयसवाल लगायत जनप्रतिनिधिको सहभागीता रहेको थियो ।कार्यक्रममा नगर प्रमुखले बोल्दै बिश्व ब्यापी कोरोना भाइरसको कारणले गर्दा राज्यले लक डाउन गरेको छ। लक डाउनमा अधिकांश नगरमा रहेका सुकुम्बासी तथा ज्यालादारी गरेर जीवन जिउने ब्यक्तीलाई खानाको अप्ठ्यारो नहुनदिनको लागि खाद्यन्न ब्यबस्था गर्नु पर्ने आवश्यकता रहेको छ । सुखी सम्पन्न ब्यक्तीको समाज सेवाको लागि जनप्रतिनिधिको साथमा काधमा काध  मिलाएर राहत दिनु पर्ने आवश्यकता रहेको बताए। केन्द्र सरकारद्वारा जति सक्दो सहयोग चाडो भन्दा चाडो पचरौता नगर बासीलाइ उपलब्ध गराउनको लागि आपतकालीन बैठक बरेको थियो।

cold baat bachau
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
tamagadhi emergency add