पचरौता नगरपालिकाको जनप्रतिनिधिले वृद्ध र असहायलाई मास्क र साबुन वितरण गरे

Ads here
Chaudhary Traders
Read Time:2 मिनेट, 18 सेकेन्ड
Manakamana Gold

२०७६ चैत्र १८ सिकिन्द्र साह  बारा जिल्ला पचरौता नगरपालिकाको वडा नम्बर चार, पाच, छ र नौ नम्बरमा नगर प्रमुख रमेशकुमार यादवको सकृयतामा मास्क र साबुन बितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वडा अध्यक्ष लक्ष्मी यादव कन्हैया यादव मखबुल मियाँ अन्सारी गौरी शंकर साह तथा स्वस्थ संयोजक नवल प्रसाद यादवको सहभागितामा मास्क र साबुन घरदैलो बितरण भएको थिए । नगर प्रमुखले बोल्दै सरकारले घाेषणा गरेको लक डाउनको पालना गर्नु पर्न अति आवश्यक रहेको छ। विश्व ब्यापी महामारीको रूपमा फैलिएको काेरेना भाइरसको विरुद्धमा लडनको लागि घरभित्र बसेर एक अर्को संग भेट नगरि फोनबाटै कुराकानी गरेर घरमै बसेर टेलिभिजन हेरेरमात्र दिनचर्या बिताउनु अति आवश्यक रहेको समेत नगर बासि संग आग्रह गरेका थिए। नगर भित्रमा कोरोना भाइरसको लक्षण देखिएमा वा कसैलाई रुघाखोकी लागेको छ भने तुरुन्तै नगरपालिकाको स्वस्थ्य संयोजक , वडा अध्यक्ष वा नगर प्रमुखलाइ जानकारी गराएर क्वारेन्टाइनमा बस्न बसाउनु पर्छ लाज मानेर गाउँमै बसेर झन समस्या बढने छ, समस्या जानकारी गराउदा समयमा नै तुरुन्तै समाधान गर्न सकिने र यो भाइरस बिश्व ब्यापी समस्या भएकोले कसैलाई केहि समस्या भएमा चौबीसै घन्टा एमबुलेनस सेवा दिएको पनि जानकारी गराउनु भयो। गरिब निमुखा दलित असहाय निमुखा सुकुम्बासीलाई गाँस बाँस कपासको अभाव भएका लागि ब्यवस्था पनि गरेको बताउनु भयो। स्थानिय सरकारको काम कर्तव्य निरन्तर रुपले हामी सेवा दिनको लागि तत्पर रहेको समेत बताएका थिए।

Incidents Registration
0 0
Novel Corona Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Breast Feeding Ads
फेसबुक प्रतिक्रियाहरु