कोरोना भाइरस (कोभिड-१९) र नेपाली परिवेश

0 0
Ads here
Read Time:8 मिनेट, 6 सेकेन्ड
नन्देश्वर चौधरी
सम्पादक
cold baat bachau

२०७६ चैत्र १८

tamagadhi emergency add

चेरवन्त खबर

Breast Feeding Ads

कोरोना भाइरस (कोभिड १९) अहिले विश्वमै ठुलो माहामारीको रुपमा फैलिरहेको छ । चीनको हुवेई प्रान्तको वुहान शहरको एउटा माछा बजारबाट शुरुवात भई वुहान शहरमा मात्र कहर मचाएको होईन की संसारका एक से एक विकसित मुलुकहरु पनि यस भाइरसका अगाडी नतमस्तक भइरहेका छन । संयुक्त राज्य अमेरिका जुन संसार कै सबभन्दा शक्तिशाली मुलुक, जहाँ विश्वका हरेक कुनामा बसोवास गर्ने शिक्षित वर्गका मानिसहरुले मन मस्तिष्कमा सो मुलुक जाने असंख्यौं अभिलाषाहरु सिर्जित गरिरहेका हुन्छन, ठुल्ठुला सपनाका पोकाहरु खोल्न ललायित हुन्छन, त्यो मुलुक जहाँ आधुनिकताको पुनर्जागरण सिंचित हुन्छन, बिडम्वना आज त्यही मुलुकमा सबभन्दा बढी कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमण छ । संसारको विकसित मुलुक, विकसित सोच, संसारलाई नै आफ्नो मुठ्ठी भर शक्तिले हल्लाउन सक्ने क्षमतावान मुलुकहरु पनि कारोना अगाडी रुन कराउन बाध्य छन । यद्धपि चीनबाट यसको शुरुवात भए तापनि हाल विश्वका १९९ देशहरुमा यसले ताण्डव गरिरहेको तथ्यहरु तितो यथार्त छन । संसारमा अहिले यसको संक्रमण संख्या ७,८९,२१८, मृतक संख्या ३८,०९० र निको भईसकेको संख्या १,६६,४४१ रहेका छन । संक्रमित संख्या मध्ये गंभिर अवस्थामा २९,६५९ र कमसल अवस्थामा ५,५५,०२८ रहेको तथ्यांकहरु सार्वजनिक भइसकेका छन । संख्या यतिमा मात्र सिमित रहने छाटकाँटको अँकलन गर्न कुनै पनि विशेषज्ञमा साहस जुट्न सकेको छैन । न त यसको रोकथामको दिर्घकालिन उपायहरु नै अपनाउन सकिएका छन । यस भाइरसको विषय लिइ चीन र अमेरिका बीच वाणी द्वन्दको सिर्जना नभएको पनि होइन । जे होस अहिले विश्व आक्रान्त अवस्थाबाट गुज्रिरहेका छन । शक्तिशाली र कमजोरको तुलना गर्ने र सो बमोजिम आफ्नो व्यवहार प्रदर्शन गर्ने समय पक्कै पनि हैन यो क्षण । ठुल्ठुला विकसित मुलुकहरु पनि सहकार्य , समझदारी र सहयोगी भावनाबाट प्रेरित हुनु पर्ने आवश्यकता देखिएको छ । किनभने आजको आवश्यकता नै सचेत र सतर्क हुनु हो । रतिभर लापरवाहीले ठुलो क्षतिको सिकार बन्नु पर्ने अवस्था विभिन्न मुलुकहरुको तथ्यांकीय दृश्यावलोकनबाट जान्न सकिन्छ । इटलीमा मात्र पछिल्लो रिपोर्ट अनुसार १,०१,७३९ जनामा संक्रमण देखिएको र ११,५९१ जनको मृत्यु भइसकेको तथ्यहरु पाउन सकिन्छ । त्यसैगरी अमेरिकाको पछिल्लो रिपोर्टले १,६४,३५९ जनामा संक्रमण र मृतकको संख्या ३,१७३ जना रहेको जनाइएको छ । त्यति मात्र हैन हाम्रा छिमेकी राष्ट्र भारतमा पनि १,२५१ जना संकमित रहेको र ३२ जनाको मृत्यु भइसकेको पछिल्लो रिपोर्टबाट पुष्टी भएको छ । यी तमाम तथ्यांकबाट के पुष्टि हुन्छ भने संसार साचिक्कै बडो विषम परिस्थितिबाट गुज्रिरहेको छ ।

Kolhabi Ads

नेपालको हकमा कुनै अप्रिय तथ्यांक अहिलेसम्म नआएको भएतापनि WHO ले उच्च जोखिमको दर्जामा राखेको छ । हाल सम्म दक्षिण एशियाकै सबभन्दा सुरक्षित मुलुको रुपमा नेपाल रहेको छ । दक्षिण एशियाली मुलुकहरुमा श्रीलंकामा संक्रमित एवं मृतकको संख्या क्रमशस् १२७ र २ रहेका छन भने अफगानिस्तानमा १७० र ४ त्यसैगरि पाकिस्तानमा १७८३ र २८ र बंगलादेशमा ५० र ५ रहेका छन । जबकि नेपालमा अहिले सम्म ५ जना ब्यक्तिमा मात्र संक्रमण पाइएको र १ जना पुर्ण उपचार भई घरलसकुस फर्कीसकेको र अन्य ४ जना उपचारार्थ छन । यसर्थमा नेपाल उच्च जोखिमको बावजुद पनि सुरक्षित नै रहेको भन्नुमा अनुक्ती नहोला । तर सतर्क र सचेत हुन भने हामी संपुर्ण नेपालीको कर्तव्य बन्दछ । नेपाल सरकारले अवलम्वन गरेका नितिहरु हामी सबैले पुर्ण रुपमा परिपालना गरि सहयोग गर्नु परमकर्तव्य हो । किनभने नेपाल र भारतको सिमाना खुल्ला रहेको छ । भारतमा संक्रमणको संख्या र मृतकको संख्या दिनानुदिन तीब्रताका साथ बढीरहेको अवस्थामा खुला सिमा भएको हुदाँ नेपालमा पनि नबढ्ने आँकलन गर्नु गलत सावित हुनेछ । नेपालको अहिले तीनै तहका सरकारको अग्नि परीक्षा पनि हो यो पल । यस्तो संबेदनसिल घडीमा जनमासको जीवनरक्षाको निम्ति कस्तो सेवा प्रवाह गर्ने , त्यो ठुलो चुनौतिको विषय रहेको छ । तर त्यो भन्दा पनि अहम विषय आत्मारक्षा हो । कसैले कसैलाई रक्षा लामो समयसम्म गर्दैनन र गर्न पनि सक्दैनन । अफ्नो रक्षाको लागि आफैले नै अग्रसरता देखाउनु पर्ने पाठ अहिलेको परिस्थितिले उब्जाएको छ । त्यसैले कसैको आलोचना गर्नु भन्दा पनि यस्तो विषम परिस्थितिमा मानवीय गुणलाई केन्द्रबिन्दुमा राख्नु जरुरी देखिन्छ । नेपाल सरकारको पछिल्लो निर्णयानुसार लक डाउनलाई लम्ब्याई चैत्र २५ गते सम्म गरिएको छ । त्सैगरी अन्तरार्ष्ट्रिय उडानहरु पनि बैशाख ३ गते सम्मको लागि स्थगन गरिएको छ । तर हामी नेपालीलाई कहि कतै सो लक डाउन मजाक त बनेको छैन । संसारमा भइरहेको यत्रो क्षतिप्रति सहानुभुति पनि हामी प्रकट गर्न सकेका त छैनौ । कोहि पिपिईको संदर्भमा अनियमितता भएको समाचारलाई लम्बाई चौडाई गरि खेदो खन्नमा पनि कुनै कसर बाँकी छोड्न चाहेका छैन त कोही असामाजिक क्रियाकलापमा सरिक भई लक डाउनको मर्मलाई मजाकको रुपमा उडाइरहेका छन । जे होस खेदो खन्ने , मजाक उडाउने, समय भन्दा पनि आफुलाई यस माहामारीबाट बच्ने र अरुलाई पनि बचाउने जिम्मेवार नागरिक सावित गर्न महत्वपुर्ण विषय हो । ज्यान रहे फेरि पनि लडौला, एक अर्कालाई आलोचना गरौंला , तर्कहरुलाई छाँटकाट गरौला, मजाक पनि गरौला तर अहिले हामी सबैको दायित्व र कर्तव्य मानवताको यस लडाईमा कसरी जित हासिल गर्न सकिन्छ , त्यस तर्फ सबैको ध्यान जानू जरुरी देखिन्छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु