अति बिपन्नलाई लकडाउन अवधिभरी प्रदेश नम्बर २ ले खाना खुवाउने

0 0
Ads here
Read Time:2 मिनेट, 12 सेकेन्ड

जनकपुर । प्रदेश नम्बर २ सरकारले लकडाउन अवधिभर प्रदेशका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खानाको व्यवस्था गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागि खानाको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले यादवले जानकारी दिए । 

raining add
tamagadhi emergency add

यसको व्यवस्थापन स्थानीय तहसँग समन्वय गरेर तत्कालको लागि प्रदेशको एकमात्र महानगर वीरगंजलाई २५ लाख, उपमहानगरलाई २०  लाख तथा हरेक नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने सरकारले निर्णय गरेको छ । यस्तै प्रदेश सरकारले सोही बरावरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गरेको छ । 

Breast Feeding Ads
Kolhabi Ads

यसका लागि प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय समाजसेवी संस्था सम्मलित सर्वपक्षीय समिति गठन गरेर काम गर्नेगरी कार्यविधि बनाइएको छ । 

यसअघि सरकारले कोरोना रोकथामका लागि हालसम्म गरेको प्रयास र अगामी दिनमा लिइने नीतिबारे जानकारी गराउन सर्वदलीय बैठक समेत बोलाएको थियो । 

सर्वदलीय बैठकमा मुख्यमन्त्री लालबाबु राउत सहितका मन्त्रीहरु, काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपाका संसद शत्रुधन महतो, संसद किशोरी साह कमल , विभिन्न मन्त्रालयका सचिवलगायतको सहभागिता रहेको थियो ।स्रोत रातो पाटि

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु