रौतहटको बगहीमा एक बालिका बलाकृत

0 0
Ads here
Read Time:2 मिनेट, 9 सेकेन्ड

रौतहट जिल्लाको कटहरीया नगरपालिका वडा नम्बर ७ बगही गाउँमा एक बालिकालाई बलात्कार भएको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नियन्त्रणको लागी सरकारले गरेको सात दिनको लकडाउनको अवधिमा १७ बर्षिया बालिकालाई २८ बर्षका पुरुषले बलात्कार गरेका हुन ।

raining add
tamagadhi emergency add

स्थानिय भाग्यनारायण साहले दुुईदिन अघिमात्र एकजना छिमेकीको छोरीलाई पनि केही काम छ भनी आफनो घरमा बोलाएका थिए ।घरका महिला र अन्य सदस्य खेतमा काम गर्नगएको मौका छोपी भाग्यनारायण साहले दिउसै ढोका थुनेर बलात्कार गरेका थिए ।बलात्कार गरेको भिडिओ बनाएर घटनाबारे कसैलाई भनेमा भिडिओ सामाजिक संजालमा राखिदिने आरोपीले पटक पटक धम्की दिदै आएका थिए ।

Breast Feeding Ads
Kolhabi Ads

पिडितले घटनाबारे बाबुु आमालाई बताए पछी घटना सार्वजनिकमा आएको थियो । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले भाग्यनारायण साह माथी जबरदस्ती करणी मुदादर्ता भएको र भिडिओ बारे थप अनुसंधान भईरहेको बताएका छन ।पिडितको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परिक्षण भईसकेको र आरोपी साहको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।बालिकालाई बलात्कार गरेको घटनाबारे पिडितले आफना बाबु आमालाई भने लगतै आरोपी फरार भएका थिए ।यसैबिच स्थानिय एकजना महिला नेतृ बबिता चौधरीले आरोपी भाग्य नारायण साह माथी कडा कार्यवाही हुनुुपर्ने र पिडितले न्याय समेत पाउनुु पर्ने माग गरेकी छिन ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु