योजना/प्रशासन/ शिक्षा शाखा प्रमुख यादव एकलौटी रुपले गापाको कार्यालय सँचालन गर्दै
Read Time:4 मिनेट, 56 सेकेन्ड
योजना/प्रशासन/ शिक्षा शाखा प्रमुख यादव एकलौटी रुपले गापाको कार्यालय सँचालन गर्दै
राजु चौरसिया
कलैया , १० जेष्ठ
योजना /प्रशासन/ शिक्षा शाखा प्रमुख राजिव यादवले एकलौटी रुपले गाउँपालिकाको कार्यालय सँचालन गर्दै आएको छन।
यादव तत्कालीन जिल्ला बिकास समिति कार्यालय बाराको मुखिया पदको जागिरमा प्रबेश गरेका थिए। त्यसपछी तत्कालीन एलडिओ र सभापतिहरुको हालिमुहाली गर्दै खरिदार र नायव सुब्बामा बढुवा भएका छन्। सँघियता लागु भईसकेपछि यादव देवताल गाउँपालिका निवासी भएकोले देवताल गाउँपालिकामा समायोजन भएका थिए। तर समायोजन भएका यादव तत्कालीन जिल्ला बिकास समितिमा कार्यरत रहँदा माथिल्लो कर्मचारीहरुको हालि मुहाली गर्दै बढुवा सँगै भ्रष्टाचारको सबै दाउपेच सिकेका हुन।
पहिलो स्थानिय तहको निर्वाचन पछि निर्वाचित भएका गाउँपालिका अध्यक्ष चन्दन सिंहको कार्यकालमा भ्रष्टाचार गर्ने दाउपेच सिकेका यादव देवताल गाउँपालिकाको निमित्त कार्यालय प्रमुखको समेत जिम्मेवारी पाएका थिए। तर तत्कालिन गाउँपालिका अध्यक्ष सिंहले यादवको सम्पुर्ण दाउपेच बुझेपछि उनलाई देवताल गाउँपालिकाबाट लखेटेका थिए। त्यसपछी यादव सिम्रौनगढ नगरपालिकामा काजमा सरुवा भई त्यहाँ पनि टिक्न नसकेर पुनः देवताल गाउँपालिकामा काज फिर्ता भएपछि त्यहाँ कार्यालयमा कार्यरत रहेका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहमाथि नै बिभिन्न षड्यन्त्र गरेका थिए।
यादवको षड्यन्त्र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साहमाथि बिफल भएपछि उनलाई गाउँपालिकाको कार्यालयबाट लखेटी वडा कार्यालयमा वडाको जिम्मेवारीमा राखिएको थियो। वडाको जिम्मेवारीमा रहेका यादवले दोस्रो स्थानिय तहको निर्वाचनमा तत्कालीन गाउँपालिका अध्यक्ष सिंहलाई निर्वाचनमा हराउ अभियानमा नेतृत्व गर्दै बर्तमान गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवलाई सहयोग गरेका थिए।
गाउँपालिका अध्यक्षमा उदय प्रसाद यादव निर्वाचित भएपछि पुनः गाउँपालिकाको कार्यालयमा प्रवेश पाएका यादव गाउँपालिका कार्यालयलाई नै एकलौटी रुपमा सँचालन गर्दै आएको कार्यालय श्रोतको दाबी रहेको छ। यादवले हरेक फाँटमा आफ्नो आफन्त वा नातेदारलाई नै राखि आफु योजना फाट, प्रशासन फाँट र शिक्षा फाटको प्रमुखको जिम्मेवारीमा बसेका छन्।
यादव तिनवटै फाँटको जिम्मेवारी सम्हाल्दै गाउँपालिकाको हरेक गतिविधिबाट पैसा असुल्ने कार्यमा रहेको एक अडियो क्लिपबाट नै प्रमाणित भएको छ। भने यादव बाहिरबाट नै योजना लगायत अन्य कामकाजमा बार्गेनिङ गरेको रहस्य बाहिर आएको छ। साथै कार्यालयमा कहिले काँही आफु खुसी जाने गरेका छन् । यादवको अगाडि गाउँपालिका अध्यक्ष उदय प्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तव पनि केहि बोल्न नसकेको कारणले मनोवल बढ्दै गएको आरोप रहेको छ।
यस बिषयमा योजना/प्रशासन/शिक्षा शाखा प्रमुखसँग कुरा गर्दा कार्यालयमा दरबन्दी अनुसार कर्मचारीहरु नरहेको तिन वटै फाटको जिम्मेवारी सम्हाल्दै आएको छु। साथै गाउँपालिकाको सम्पुर्ण अधिकार गाउँपालिका अध्यक्षमा निहित भएकोले उहाको आदेशमा कामकाज गर्दै आएको तथा अन्य कुराहरु झुठो रहेको बताएका छन्। कमश:
सँम्भार : शुभ आरम्भ राष्ट्रिय दैनिक
फेसबुक प्रतिक्रियाहरु