सेनिटाइजरलाई रक्सी सरह पिउदा एक ब्याक्तिको मृत्यु

Ads here
Flex Print
Read Time:1 मिनेट, 45 सेकेन्ड

कोरोना भाइरसको कहरका बीच सुरक्षाको एक उपायको रुपमा लिइएको स्यानिटाइजरलाई एक कैदीले रक्सी ठानेर पिए जसका कारण उनको मृत्यु भएको छ । भारतको केरलको एक जेलभित्र ती व्यक्तिको मृत्यु भएको हो । जेल अधिकारीले कैदीको मृत्यु स्यानिटाइजर पिएपछि भएको पुष्टि गरेका छन् ।

Novel Corona Ads

रिपोर्टका अनुसार १८ फेब्रुअरीमा जेल ल्याइएका कैदी रामनकुट्टीले जेलभित्र स्यानिटाइजर पिएका थिए, त्यसपछि उनी परिसरभित्रै लडेका थिए । जेल अधिकारीका अनुसार मंगलबार उनलाई अस्पताल भर्ना गरिएको थियो जहाँ उनको उपचारको क्रममा मृत्यु भयो ।

Breast Feeding Ads

घटनाको विषयमा वरिष्ठ जेल अधिकारीले भने, ‘हामीलाई शंका छ कि कैदीले राज्य सरकारको निर्देशन अनुसार जेल परिसरमै बनेको स्यानिटाइजरको एउटा बोतल पिए ।’ उनका अनुसार सरकारको आदेशमा मानिसहरुका लागि जेलभित्रै स्यानिटाइजर बनाउने काम चलिरहेको थियो ।

Incidents Registration
Kolhabi Ads

जेल अधिकारीका अनुसार आइसोप्रोपिल अल्कोहलको उपयोग हातको स्यानिटाइजर बनाउने प्रमुख सामग्रीको रुपमा प्रयोग गरिन्छ तर कैदीले यसलाई नशाको रुपमा प्रयोग गरे ।

मृत्युको सही कारण पोष्टमार्टमपछि पत्ता लाग्ने अनुमान गरिएको छ ।रातो पाटिबाट सभार गरिएको समाचार

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु