२०७६ चैत्र १४ गते तपाईंको राशिफल

0 0
Ads here
Read Time:10 मिनेट, 13 सेकेन्ड

वि.सं.२०७६ साल चैत्र १४ गते । शुक्रबार । ईश्वी सन् २०२० मार्च २७ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र शुक्लपक्ष । तिथि– तृतीया,३५ घडी १९ पला,बेलुकी ०८ बजेर १० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– अश्विनी,०६ घडी ४१ पला,बिहान ०८ बजेर ४२ मिनेट उप्रान्त भरुणी । योग– वैधृती,२४ घडी ४८ पला,दिउसो ०३ बजेर ५७ मिनेट उप्रान्त विष्कुम्भ । करण– तैतिल,बिहान ०७ बजेर १९ मिनेट उप्रान्त गर,बेलुकी ०८ बजेर १० मिनेट उप्रान्त वणिज । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–मेष ।

cold baat bachau

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक कामहरु समयमा नै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुनेछ । राजनीति कर्मिले सर्बसाधारणको काम गरी पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाइ लेखाइमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने समय रहेकोले मन प्रशन्न हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

tamagadhi emergency add

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाइने हुदा कामहरु थाति रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्निबिच अविस्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

Breast Feeding Ads

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । प्राकृतिक स्रोत तथा सरकारी धनको सही परिचालन गर्न नसक्दा आम्दानीका बाटाहरु साघुरा हुनेछन्  । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रनेछ भने मनोबल कमजोर हुने हुँदा अरु प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ । प्रेममा एक अर्का विच बैमनस्यता बढेर जाने योग रहेकोछ भने जीवन साथीसँग अविस्वास बढेर जानेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

Kolhabi Ads

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) क्षमता प्रयोग गरी अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्ने तथा सफलताको सिडी चड्न सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई विस्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइमा मन नजाने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । नयाँ योजना बनाउँन सकिने भएपनि सरकारी स्तरबाट सहयोग नपाईदा लागु गर्न सकिने अवस्था रहनेछैन । व्यापार व्यावसायमा तत्काल लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनु होला । प्रेममा धोका हुने अधिक सम्भावन रहेकोछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सानातिना घरेलु समस्याहरुले साताउँनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ भने बैक तथा वित्तिय क्षेत्रमा गरीएको लगानी भने फस्टाएर जानेछ । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ । बाहिर वातावरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्यले साथ दिने हुदा शाहसिलो काम गर्न सकिनेछ । संगितको सुमधुर धुनमा रमाउँन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धी हरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगती भएर जानेछ । मामा तथा मावलीबाट तपार्ईँको काममा सहयोग हुनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइ बिग्रने तथा शिक्षा क्षेत्रसँग सम्वन्धित व्यावसायवाट भनेजस्तो आम्दानी नहुदा आर्थिक सन्तुलन बिग्रने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई अविस्वास गर्नाले बाध्यता बस टाडा हुनु पर्नेछ । आफन्त तथा सन्तानले तपार्ईँको काममा सहयोग नगर्ने तथा भनेको नमान्दा महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामाजिक पद पतिष्ठा प्राप्त भएपनि भनेको समयमा काम गर्न नसक्दा आलोचना खेप्नुपर्नेछ । पढाइ लेखाइमा समय दिएपनि चाहेजस्तो सफलता प्राप्त नहुदा मन खिन्न हुनेछ । आमा वा आमा सरहका मानिससँग भेट हुनेछ । कृषि व्यावसायलाई नयाँ तरिकाले बिस्तार गरी मनग्गे लाभ लिन सकिनेछ भने अन्य व्यावसायमा मन्दी आउनेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । लेखन कलाको माध्ययमले आफ्ना भनाईहरु जनमानसमा लैैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपार्ईँ आफ्नै पक्षमा पार्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्न जागर आउनेछ । प्रणय सम्बन्धमा बिस्वासको वाताबरण बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा कामहरु हुनेछन् । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर आयपनि खानपिनको तालमेल नमिल्दा सामान्य स्वास्य सम्बन्धि समस्या आउन सक्छ । माया प्रेमका कोपिलाहरु फक्रन पाउने छैनन् ध्यान दिनुहोला । व्यापारमा उधारो लाने तथा रुपैया पैसा नदिनेहरुले दिक्क लाउनेछन् । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा ध्यान दिनुहोला मनमुटाव हुने अधिक सम्भावना रहेकोछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।
तपाईको दिन शुभ रहोस् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु