कोल्हबीमा पनि लकडाउन उलंघन गर्ने सवारी साधन प्रहरीको नियन्त्रणमा

Ads here
Chaudhary Traders
Read Time:2 मिनेट, 33 सेकेन्ड
Manakamana Gold

१२ चैत, कोल्हबी ।

सरकारले कोरोना विरुद्ध लड्न जारी गरेको लकडाउन उलंघन गर्ने सवारी साधनलाई ईलाका प्रहरी कार्यालय कोल्हबीले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले यहि मिति २०७६ चैत्र १० गते जारी गरेको सुचना अनुसार चैत्र ११ गते देखि चैत्र १८ गते सम्म लकडाउन गर्ने निर्णय ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरिक्षक बालिस्टर सिंहले जानकारी दिए ।

Novel Corona Ads

जबर्जस्ती लकडाउन विरुद्ध जाने सवारी साधन चलाउनेलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जानकारी ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक सिंहले जानकारी गाराउनु भयो ।

Breast Feeding Ads

कोरोना भाइरस (कोविड १९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले जारी गरेको एक साताको लकडाउनको दोश्रो दिन बारा जिल्लाको कोल्हबी नगरपालिका स्थित कोल्हबी बजार पनि पूर्ण रुपले बन्द भएको छ ।

Incidents Registration
Kolhabi Ads

बारा जिल्लाको सदरमुकाम कलैया लगायत निजगढ , सिमरा, जितपुर र कोल्हबी लगायतका मुख्य बजार पूर्ण रुपले बन्द रहेको छ । बजारमा रहेका सम्पूर्ण पसल तथा होटेलहरु बन्द गरिएका छन भने अत्यावश्यक औषधी, दूध तथा ग्यासका पसलहरु भने खुलेका छन । बजारमा मानिसको चहलपहल बन्द गराउन बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिती रहेको छ ।

बिरामी, औषधी तथा खाद्यान्न किनमेल गर्न निस्किएका स्थानीयलाई प्रहरीले केही सहुलियत प्रदान गरेको छ । लकडाउनको बेला घुमफिरका उदेश्यले निस्कनेहरुप्रति भने सुरक्षाकर्मीहरु कडा रुपमा प्रस्तुत भइरहेका छन् । कोल्हबीको मेन चोकदेखी कोल्हबी , बटौलिया, बभनी हुँदै सपही, बगेअवा जाने सडकखण्ड पनि सुनसान रहेको छ । एम्बुलेन्स, औषधीको गाडी र संचारकर्मीहरुलाई भने रोक लगाइएको छैन ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु