२०७६ चैत्र १२ गते बुधबारको राशिफल हेर्नुहोस तपाईको आज

0 0
Ads here
Read Time:9 मिनेट, 9 सेकेन्ड

वि.सं.२०७६ साल चैत्र १२ गते । बुधबार । ईश्वी सन् २०२० मार्च २५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र शुक्लपक्ष । तिथि– प्रतिपदा,२५ घडी ४५ पला,बेलुकी ०४ बजेर २२ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– रेवती ,अहोरात्र । योग– ब्रम्ह,२२ घडी २८ पला,दिउसो ०३ बजेर ०४ मिनेट उप्रान्त ऐन्द्र । करण– बव,साझ ०४ बजेर २२ मिनेट उप्रान्त बालव,रातको ०५ बजेर २४ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–मीन । 

cold baat bachau
tamagadhi emergency add

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य सम्वन्धी सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ ।
 

Breast Feeding Ads
Kolhabi Ads

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरी न्युन आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ । प्रेम प्रशङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुने हुनेछ । सवारी साधन प्राप्तीको योगलाई नकार्न सकिदैन । तरपनि बाहिरी वातावरणको ख्याल गर्दै कामहरु गर्नुहोला । सरसफाईमा विशेष ध्यान दिनुहोला ।  


मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सम्मानित काम सम्पादन गर्न सकिनेछ । व्यापार व्यावसायमा सोचेभन्दा कम नै आम्दानी हुनाले नयाँ क्षेत्रमा लगानी नगर्नुहोला । गरीरहेको कामलाई निरन्तरता दिने कोशिष गर्नुहोला । अध्ययन तथा अध्यापनमा सहकर्मीको साथले नयाँ कुराको खोज तथा अनुशन्धान गर्न सकिनेछ । तरपनि बाहिरी वातावरणको ख्याल गर्दै कामहरु गर्नुहोला । सरसफाईमा विशेष ध्यान दिनुहोला ।


कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ । पति पत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन निकैनै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ भने आफन्त तथा विस्वास गरेकै हरुबाट धोका हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे ) परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ भने पति पत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा बिषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन निकैनै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकै हरुबाट धोका हुनेछ ।


कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) शुभचिन्तक तथा आफन्तको सुझाबलाई मनन गरी काम गर्दा गन्तव्य पहिल्याउन सहज हुनेछ । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । माया प्रेममा एक अर्का विच नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । बिभिन्न कारणले पढाइ लेखाइमा सयम दिन सकिने छैन । तरपनि भिडभाडमा नजानु होला । सरसफाईमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखिन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिद्यार्थी हरुले घरमै बसेर अध्ययनलाई निरन्तरता दिनुहोला । प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । सत्रु परास्त हुनेछन् । सुख दुखमा साथ दिनेहरु घरपरिवारमा नै भेटिने हुदा मन प्रशन्न रहनेछ । तरपनि स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । भिडभाडमा नजानु होला तथा सरसफाईमा ध्यान दिनुहोला ।


बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछी परिने चिन्ताले सताउँनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुष हुनेछ । खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्वन्धी समस्या आउँन सक्छ । भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा बिचार पुर्याउँनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।
 
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीति तथा समाजसेवामा जनताको काम गर्न हर कोषिश गर्दा गर्दै नसकिने हुदा आलोचनाको शिकार हुने योग रहेकोछ । सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेकोछ । घर परिवारबाट टाडा हुनुपर्दा नरमाईलो लाग्नेछ । पढाइ लेखाइमा मन नजादा वा घर बस्न मन नलाग्दा अरु भन्दा पछि परिनेछ । आमा वा घर परिवारका आफूले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।


मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दाजुभाई तथा छिमेकीसँग मिलेर गरिने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।  घरमै बसेर अध्ययन गर्नाले पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । शाहसिलो काम गरी नाम कमाउन सकिनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा कुटुम्वसँग व्यावहार गर्दा वा कुनैपनि कामगर्दा सावधानि अपनाउनु होला कामहरु बिग्रने तथा मनमुटाव पैदा हुनसक्छ । समय मध्ययम रहेकोले परिबन्धमा परिने तथा झै झगडा हुने अधिक सम्भावना रहेकोछ । मायाप्रेममा अविस्वास बढ्नाले मन खिन्न हुनेछ । पारिवारिक माहोलमा मिठो मसिनो भोजन गर्ने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ ।


मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीति तथा समाजसेवामा काम गरेर देखाउँने समय आएकोछ । पढाइ लेखाइमा मन जानाले आगामी दिनमा भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्य हरुविच घनिष्टता बढेर जानेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुनेयोग रहेकोछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु