उद्योग बाणिज्य संघ कोल्हबी द्वारा पन्जा बितरण

Ads here
Chaudhary Traders
Read Time:2 मिनेट, 33 सेकेन्ड
Manakamana Gold

बारा जिल्लाको कोल्हबी नगरपालिकामा स्थित उद्योग बाणिज्य संघले बजारमा तरकारी बेच्ने ब्यापारीहरुलाई पन्जा बितरण गरेको छ । कोरोना भाइरसको उच्च जोखिमका कारण एक अर्कालाई नसरुन भन्ने उदेश्यले सो पन्जा बाडिएको हो ।

Novel Corona Ads

कोरोनाभाइरसको संक्रमणको महामारीबाट जोगिन सरकारले गरेको लकडाउनले मंगलबार बिहानैदेखि कोल्हबी बजार सुनसान बनेको  छ । यहाँका सवारी सधान चलेका छैन भने पसलहरु बन्द रहेका छन । तरकारी ब्यापारीलाई लगभग १२ फिटको दुरिमा रहि व्यापार गर्न उद्योग बाणिज्य संघ शाखा कार्यालय कोल्हबीका अध्यक्ष महेश कुमार साहले ब्यबस्थापन गर्नु भएको छ र ब्यापारीहरुले तिर्नु पर्ने कर ठेकेदारलाई नदिनको निम्ति पनि अध्यक्ष साहले सम्पुर्ण ब्यापारीलाई जानकारी गराउनु भयो । यसबाट ठेकेदारलाई हुने क्षतिपूर्ति कोल्हबी नगरपालिकाले उपलब्ध वा मिनहा गर्ने उद्योग बाणिज्य संघ कोल्हबीका सचिव हरिओम रौनियारले बताउनु भयो ।

Breast Feeding Ads

कोल्हबी नगरपालिका भरीका बजारहरुमा अति आवश्यक पसलहरु मात्रै खुल्ला रहने भएको छ । तरकारी ब्यापारीलाई हरेक दिन अध्यक्ष साहले निर्देशन दिए जस्तै माक्स र पन्जा लगाइ १२ फिटको दुरिमा रहि आफ्नो ब्यापार गर्न आग्रह गरिएको छ । अन्य ब्यापारीलाई पसलको अगाडि साबुन पानी राखी दिनु हुन र पन्जा र माक्स लगाइ ब्यापार गर्न भनिएको हो ।

Kolhabi Ads
Incidents Registration

उक्त बजार ब्यबस्थापनमा उद्योग बाणिज्य संघ कोल्हबीका सम्पुर्ण कार्य समितीहरु, ईलाका प्रहरी कार्यालय कोल्हबीका सुरक्षाकर्मीहरु, ब्यापारी, बुद्धिजिवि लगायत रेडियो कोल्हबीका प्रबन्ध निर्देशक ग्यानेन्द्र चौधरी र चेरवन्त खबर कोल्हबीको टिमको सहभागी रहेको थियो ।

0 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु