बारा जिल्लाको कोल्हबी स्थित बेलवामा एक जनाको संकाष्पद लास फेला

0 0
Ads here
Read Time:1 मिनेट, 39 सेकेन्ड

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ११ बेलवा सेर्ही टोल निबासी अन्दाजै ४५ बर्षको वाजिल राय भाट्टको कट्टी बजार देखि बेलवा आउने रेवाही नदिको ५ मिटर तल पुलको मुनि मृत्यु भइ लास बरामद भएको छ ।

cold baat bachau
tamagadhi emergency add

उक्त पुल मुनि मृतकको शरीर माथी निजकै ना ५५ प ४६७८ नम्बरको अपाचे मोटरसाइकलले च्यापिएको थियो । ईलाका प्रहरी कार्यालय कोल्हबीको प्रहरी निरीक्षक बालिस्टर सिंहको कमान्डमा १० जनाको टोली घटना स्थलमा गइ घटना स्थल लास जाँच प्रकृति मुचुल्का तथा अनुसन्धानमा मृतकको लास निकाली हेर्दा दुबै हाथको नाडी जुटको डोरि अर्थात सुतरी र हरियो गहुँको झारले बाधेको अवस्थामा भेटिएको थियो। घटना बारे अनुसन्धान गर्न जटिल भएकोले बारा जिल्ला स्वास्थयका फोरेन्सिक ल्याबका टिमलाई पनि बोलाइएको थियो।

Breast Feeding Ads

सो लासलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल कलैयामा पठाइएको हो भने घटनाको प्रकृति हेर्दा शंकाष्पद तरिकाले योजनाबद्ध तरीकाले हत्या गरिएको र यसबारे थप अनुसन्धान गर्ने जिल्ला प्रहरी बाराका नायब उपरीक्षक तथा प्रबक्ता गौतम मिश्रले जानकारी गाराउनु भयो ।

Kolhabi Ads

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु