प्लाष्टिकजन्य फूल तथा गुच्छा आयातमा कडाइ, बिक्री गरेको पाइए कारबाही हुने

3 0
Ads here
Read Time:4 मिनेट, 15 सेकेन्ड

निराज रानाभाट, काठमाडौं ।

सरकारले प्लाष्टिकजन्य फूल तथा गुच्छा बिक्री रवितरणमा कडाइ गर्ने भएको छ । आयात वा बिक्री र वितरण गरिएको पाइएमा वातावरण संरक्षण ऐन २०७६ अनुसार कारबाही गरिने भएको हो ।

raining add

वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ९ ६ ० ले दिएको अधिकार प्रयोग गरी वि।सं। २०७९ साउन १२ गतेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नेपालभर प्लाष्टिक जन्य फूल तथा गुच्छाको उत्पादन, आयात, बिक्री र वितरण वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाएको थियो । सरकारको नियम पालना गर्न फ्लोरिकचर एसोसिएसन नेपाल ( फ्यान ) ले सघाउने भएको छ ।

tamagadhi emergency add

गृह मन्त्रालयमा पुष्प व्यवसायी र सरोकारवालाबीच संयुक्त बैठक बसेर प्लाष्टिकजन्य फूल तथा गुच्छा लगायतको बिक्री र वितरण रोक्न सबै पक्षले कडाइकासाथ काम गर्ने निर्णय भएको हो । गृह मन्त्रालयका सह – सचिवको संयोगकत्वमा गृह मन्त्रालय, कृषि तथा पशुपंछी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा प्रतिनिधिहरु छलफल भएको हो । छलफलले प्लाष्टिकजन्य फूल तथा गुच्छा बिक्री र वितरणमा सम्बन्धित सरकारी निकायबाट कडाइका साथ अनुगमन हुने र प्लाष्टिकजन्य फूल तथा गुच्छाहरु बिक्री र वितरण, भण्डारण र आयात गरेको पाइएमा नियमानुसार कारबाही गर्ने निर्णय गरेको छ ।

Breast Feeding Ads

अवैध रुपमा आयात हुने फूल, माला, तथा माटो सहितको बोट बिरुवाहरु सबै भन्सार नाकाहरुमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग लगायतका सम्बन्धित निकायहरुबाट रोक लगाउने निर्णय भएको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयबाट एकिकृत बजार अनुगमन गर्ने र कानुन बिपरित बिक्री र वितरण गरेको पाइएमा नियमानुसार कारबाही गरिने भएको छ । सबै भन्सार नाकाहरुमा रहेको प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन कार्यालयहरुलाई थप प्रभावकारी बनाइने भएको छ ।

Kolhabi Ads

चाडपर्वको मौका छोपी बजारमा कृतिम अभाव सृजना गरी कालो बजारी गरेको पाइएमा कानुन अनुसार कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ । फ्यानले प्रेस विज्ञप्ति जारी गर्दै बैठकको निर्णय बारे जानकारी गराएको छ । ‘सदस्य पुष्प व्यवसायीज्यूहरुले आजकै मिति देखि कृतिम प्लाष्टिक जन्य फुल गुच्छा तथा बिरुवाहरुको बिक्री वितरण नगर्न नगराउन अनुरोध गर्दछौ । नेपाल सरकारको सम्बन्धित निकायबाट अनुगमन गर्ने क्रममा भण्डारण तथा बिक्री बितरण गरेको पाईएमा कानुन अनुसार कारबाही हुने समेत यसै प्रेस बिज्ञप्ती मार्फत जानकारी गराउदछौ । फ्यान सदस्य पुष्प व्यवसायीज्यूहरुले व्यवसायीक कारोबार गर्दा वैधानिक तवरले प्राकृतिक फूल बिरुवाहरुलाई प्राथमिकता दिई व्यवसाय गर्न समेत हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
67 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।