जितपुर सिमराका पुर्व नगर प्रमुख पौडेलको निधन, आफ्नै घरमा मृत फेला
चेरवन्त खबर डेस्क
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको पुर्ब नगर प्रमुख कृष्ण पौडेल मृत फेला परेका छन् । सो पालिकाको वडा नम्बर २ स्थित आफनै घरमा घरमा पौडेल मृत फेला पर्नुभएको हो ।
डा. पौडेल २०७४ को स्थानिय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकामा मेयर पदमा निर्वाचित हुनुभएको भएको थियो । उहाँ हालमा नेकपा एमालेको मधेस प्रदेश सचिव हुनुहुन्थ्यो ।
उनको के कसरी निधन भएको भन्ने बारे स्पष्ट जानकारी प्राप्त भएको छैन। पौडेलले केही समयदेखी डिप्रेशनको औषधि सेवन गर्दै आएका बुझिएको छ। घट्ना स्थालमा अहिले प्रहरी पुगेको जानकारी प्राप्त भएको छ ।