
कलैया उपमहानगरपालिकाको कार्यालयमा रु ३४ लाख भन्दा बढिको हिनामिना

चेरवन्त खबर डेस्क
कलैया उपमहानगरपालिकाले कार्यालयमा रु ३४ लाख ८२ हजार पाँच रुपैयाको हिनामिना भएको रहस्य बाहिर आएको छ। नगरपालिकाको धरोटी शिर्षकबाट उक्त रकम हिनामिना भएको छ।

आर्थिक बर्ष २०४८/४९ देखि आर्थिक बर्ष २०७२/७३ सम्म देशमा सँघियता आएको थिएन । त्यति बेलासम्म कलैया नगरपालिका र गाविस मात्रै थियो। कलैया नगरपालिका भएको बेला बिभिन्न योजनाहरुबाट धरौटी नगरपालिकामा जम्मा भएको थियो। तर नगरपालिकाको तिन जना कर्मचारीहरू मिलि धरौटी शिर्षकबाट रु ३४ लाख ८२ हजार पाँच सय रुपैयाँ हिनामिना गरेको रहस्य बाहिर आएको छ।

हिनामिना गर्नेमा तत्कालीन लेखा अधिकृत मुस्ताक अँसारी , लेखा शाखामा कार्यरत सहायक कर्मचारी किरण ( रोशन ) अधिकारी र सुनिल यादव रहेका छन। उहाँहरु हाल उपमहानगरपालिकाको कार्यालयमा मुस्ताक अँसारी योजना शाखा प्रमुख , किरण ( रोशन ) अधिकारी र सुनिल यादव लेखा शाखामा नै कार्यरत रहेका छन्।

हिनामिना गरेको जानकारी कलैया उपमहानगरपालिकाको नगरप्रमुख बिनोद साहले जानकारी पाए लगतै आईतबार बोर्ड बैठक बोलाई उहाँहरुलाई निलम्बन गर्ने तयारी समेत गरको जानकारी कार्यालय स्रोतले यस पत्रिकालाई दिएको छ। भने बोर्ड बैठकमा पारीत हुन नसकेर नगरप्रमुख साहले ति कर्मचारीहरुमाथि हिनामिना भएको रकम फिर्ता गर्न दबाब दिएका छन्।

यस सम्बन्धमा मुस्ताक अँसारीसँग प्रतिक्रिया लिंदा नगरपालिका नै रहेको बेला धरौटी रकम जम्मा भएको तर नगरपालिकालाई आवश्यक परेको बेला सापटी दिएको बताएका छन्। एक्लै लेखा फाँटले केहि गर्न नसकेर तत्कालीन कार्यालय प्रमुखहरुको समेत सहभागिता रहेको तथा आफु सँग सम्पुर्ण कागजात सुरक्षित रहेको बताएका छन्। मलेपको प्रतिवेदनमा समेत धरौटी रकम सापटी दिएको उल्लेख रहेकोले आफुलाई बदनाम गराउन खोजेको आरोप लगाएका छन्। संम्भार:- असोज १ गतेको शुभ आरम्भ राष्ट्रिय दैनिक
मिति २०८० असोज १ गतेको पत्रिकामा प्रकाशित यस समाचारमा प्राबिधिक ईन्जिनियर माधो प्रसाद यादवको नाम भुलबस लेख्न गएकोमा पत्रिकाको सम्पादकले क्षमायाचना गरेका छन्।