
जनमुखी सेवा प्रवाह गर्न एसपी काफ्लेलाई नगर प्रमुख साहको आग्रह

चेरवन्त खबर डेस्क
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख भएर नेतृत्व गर्न आएका प्रहरी उपरिक्षक (एसपी) सुरेश प्रसाद काफ्लेलाई कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले जनमुखी सेवा प्रवाह गर्न आग्रह गरेका छ्न। कलैया उपमहानगरपालिकाद्वारा आईतवार प्रहरी उपरिक्षक काफ्लेको स्वागत गर्न आयोजित कार्यक्रममा नगर प्रमुख साहले उक्त कुरा सुझाउनु भएको हो।

जनताको समस्याहरुको समाधान गर्ने तथा शान्ती शुरक्षाको प्रत्यभुती गर्ने जिम्मा नेपाल प्रहरिको रहेकोले सोही अनुसार जनमुखी भएर काम गर्न नगर प्रमुख साहले आग्रह गरेका हुन।

नगर प्रमुख बिनोद साहज्युको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रहरी उपरिक्षक काफ्लेको स्वागत नगर प्रमुख साह लगायत वडाध्यक्ष एवम कार्यपालिका सदस्यहरुले गरेका हुन।

स्वागत थाप्दै प्रहरी उपरिक्षक काफ्लेले जिल्लाको समस्याहरुको समाधान तथा नगर्तिकको शान्ती शुरक्ष कायम राख्न आफू प्रतिबद्ध रहेको बताएका छ्न। उनले प्रहरी सेवा प्रदान गर्दा जनप्रतिनिधिहरुको सुझाव तथा समन्वयमा अगाडि बढ्ने बताए।

स्वागत कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह, वडाध्यक्षहरु धर्मेन्द्र यादव, अशोक तिवारी, कार्यपालिका सदस्य उदित गुप्ता लगायतले स्वागत मन्तव्य व्यक्त गरेका थिए।