निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादले जिलान्तर सरुवाको लागि घुस रकम माग गरेको अडियोबाट प्रामाणित

0 0
Royal job Link
Read Time:3 मिनेट, 9 सेकेन्ड

निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादले जिलान्तर सरुवाको लागि घुस रकम माग गरेको अडियोबाट प्रामाणित

 

कलैया , २९ भाद्र

 

raining add

शिक्षा बिकास तथा समन्वय ईकाई बाराको निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादले शिक्षक जिलान्तर सरुवा तथा शिक्षक सरुवामा आर्थिक चलखेलको समाचार बिभिन्न सँचारमाध्यममा प्रकाशन हुदै आएको छ। भने निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादले जिलान्तर शिक्षक सरुवाको लागि रु एक लाख पचास माग गरेको एक अडियोबाट पनि प्रमाणित भएको छ।

 

tamagadhi emergency add

शिक्षा बिकास तथा समन्वय ईकाई बारामा श्यामकिशोर प्रसाद भन्दा सिनियर अधिकृत नभएकोले उहाँले शाखा अधिकृत ( बिधालय निरीक्षक ) पदमा नाम निकालेसँगै बारा आएका थिए। शिक्षा बिकास तथा समन्वय ईकाई बारामा हाजिर भएसँगै कुनै शाखा अधिकृत नभएकोले श्यामकिशोर प्रसादलाई लौटरी परे झै निमित्त ईकाई प्रमुखको जिम्मेवारी पाएका छन्। शाखा अधिकृत पदमा नियुक्ति भएको एक बर्षको परीक्षणकाल मै ईकाई प्रमुखको जिम्मेवारी पाएका श्यामकिशोर प्रसादले बिना आर्थिक चलखेलमा कुनै पनि सरुवा नगरेको कार्यालय स्रोतको दाबी रहेको छ। भने अडियो रेकर्डमा पनि निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादले जिलान्तर शिक्षक सरुवाको लागि पैसा माग गरीएको छ।

 

Breast Feeding Ads

ईकाई प्रमुख श्यामकिशोर प्रसादले सम्पुर्ण फाईलहरु तयार भईसकेको खण्डमा रु एक लाख ५० हजार सँगै फाईल लिई बिरगंजमा भेट्न भनेका छन्। अनि तपाईको काम हुनेछ समेत भनेका छन्।

 

Kolhabi Ads

यसरी बिभिन्न किसिमको आर्थिक चलखेल सम्बन्धि निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादको बारेमा समाचारहरु प्रकाशन हुदै आएकोमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन नसक्नुमा शँका उत्पन्न भएको छ। निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादले गरेको आर्थिक चलखेलमा कार्वाही गर्ने निकायको समेत भागभण्डा त रहेको छैन भनि प्रश्न उठ्न थालेको छ। त्यसैले कार्वाही गर्ने निकायले अबिलम्ब कार्वाही प्रकिया अगाडि बढाउन माग गरीएको छ। सँम्भार:- शुभ आरम्भ राष्ट्रिय दैनिक

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।