
गुणस्तरीय शिक्षामा जोड दिदै सामुदायिक बिधालयमा त्रैमासिक

गुणस्तरीय शिक्षामा जोड दिदै सामुदायिक बिधालयमा त्रैमासिक परीक्षाफल बितरण
राजु चौरसिया

कलैया , २६ भाद्र

गुणस्तरीय शिक्षामा जोड दिदै प्रसौनी गाउँपालिका अन्तर्गतका सामुदायिक बिधालयमा त्रैमासिक परीक्षाफल बितरण गरीएको छ। प्रसौनी गाउँपालिकाको वडा नं ४ खुटुवाजब्दी स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र वडा नं ७ स्थित श्री जनता माध्यमिक विद्यालय बन्जरीयामा सोमबार गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जयसवालको प्रमुख अथित्वमा त्रैमासिक परीक्षाफल बितरण गरीएको छ।

उक्त परीक्षाफल बितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष जयस्वसलले प्रसौनी गाउँपालिकाको आवहान गुणस्तरीय शिक्षाको सम्मान मुल बाराको साथमा गाउँपालिका अघि बढेको बताएका छन्। साथै सामुदायिक बिधालय हुने हरेक त्रैमासिक परीक्षाको परीक्षाफल बिधार्थीहरुमा बितरण गरी गुणस्तरीय शिक्षा प्रदान गर्नु मुख्य उद्धेश्य रहेको बताएका छन्। हरेक त्रैमासिक परीक्षाको परीक्षाफल बितरण गर्दा बिधार्थीहरु थप मेहनत गर्ने अभिप्रेरित गर्ने हो भने शिक्षकहरुलाई थप जिम्मेवार बनाउने हो।

गुणस्तरीय शिक्षाबाट नै बिधार्थी भोलिका दिनमा देशको बिभिन्न निकायमा काम गर्ने अवसर पाउने भने बिधार्थी भाईबहिनीसँग यस समयलाई सदुपयोग गर्न आग्रह समेत गाउँपालिका अध्यक्ष जयस्वसलले गरेका छन्। भने बिधालयमा हुने कुनै किसिमको समस्या प्रधानाध्यापकलाई बताउने तथा उहाँबाट उक्त समस्याको सम्बोधन नभएको खण्डमा गाउँपालिका शिक्षा शाखामा वा आफुलाई जानकारी दिन समेत उदघोष गरेका छन्।
साथै बिभिन्न परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने बिधार्थीहरुलाई शिक्षा दिवसको अवसरमा बिभिन्न पुरस्कारको ब्यवस्था गाउँपालिकाले गरेको जानकारी दिदै +२ मा प्रसौनि गाउँपालिकाबाट सबै भन्दा बढी अँक ल्याउने एक जना छात्रा र एक जना छात्रलाई ल्यापटप दिने बताएका छन्।
उक्त परीक्षाफल बितरण कार्यक्रम बिधालय प्रधानाध्यापकहरुको अध्यक्षतामा सम्पन्न भएको थियोे।भने प्रसौनी गाउँपालिकाको सम्बन्धित वडाको वडा अध्यक्ष, शिक्षा शाखाको प्रमुख सँतोष रौनियार , समाजसेवि प्रदिप साह लगायत बिधालयको शिक्षक शिक्षिका , सम्पुर्ण बिधार्थीहरुको उपस्थित रहेको थियो।