निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादले भ्रष्टाचार लुकाउन ढाकछोप गर्दै

0 0
Ads here
Read Time:5 मिनेट, 20 सेकेन्ड

कलैया , २४ भाद्र

शिक्षा बिकास तथा समन्वय ईकाई बाराको निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादले आफ्नो भ्रष्टाचार लुकाउन ढाकछोप गर्दै हिडेका छन्। केहि दिन यता निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादले स्थायी सेवा अवधि एक बर्ष पुरा नगरेको शिक्षकलाई जिलान्तर सरुवा गरेको समाचार समेत उजागर भएको छ।

raining add

एक बर्ष सेवा अवधि पुरा नभई जिलान्तर सरुवा गरेको समाचार प्रकाशन भएपछि शुभ आरम्भ राष्ट्रिय दैनिक पत्रिकाको प्रकाशक अनिल पाण्डेयले शुक्रबार निमित्त ईकाई प्रमुख श्याम किशोर प्रसादले गरेको शिक्षक सरुवाको बिषयमा जानकारी लिन पुगेका थिए। तर शिक्षा बिकास तथा समन्वय ईकाई कार्यालय शुक्रबार एक प्राबिधिक सहायक , दुई जना कार्यालय सहयोगी, एक जना दर्ता चलानी गर्ने र एक जना भाँन्सेको भरमा कार्यालय सँचालन गरीएको पाईएको छ।

tamagadhi emergency add

निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादले आर्थिक वर्ष २०७९/८० देखि हालसम्म शिक्षक सरुवा गरेको जानकारी प्राविधिक सहायक उपेन्द्र चौधरीसँग माग गर्दा हाकिम नभएको दिन नमिल्ने बताएका छन्। साथै हाकिमलाई फोन गर्नुस् हाकिमबाट फोनमा आदेश आएपछि उपलब्ध गराउने बताएका छन्।

Breast Feeding Ads

शिक्षा बिकास तथा समन्वय ईकाई बाराको सुचना अधिकारी सँतोष शर्मालाई फोन गर्दा आफु अस्पतालमा भएको जानकारी दिएको तथा निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादले आफु बारागढी गाउँपालिका पुर्ण साक्षर घोषणा भईरहेकोले त्यहाँ जान लागेको जानकारी दिएका थिए। त्यसपछि आफुलाई हजुरले गरेको सम्पुर्ण शिक्षक सरुवाको बिषयमा जानकारी लिनुपर्ने बताएपछि एउटा निवेदन छोडी दिनु पछि म आएर तपाईलाई कस्तो किसिमको जानकारी चाहिएको हो हेरेर दिने बताएको बताएको जानकारी अनिल पाण्डेयले दिएका छन्।

Kolhabi Ads

पाण्डेयसँग कुरा गरे लगतै निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादले प्राबिधिक सहायक चौधरीलाई फोन गरी पाण्डेयसँग निवेदन लिएर राख्नुस भनि निर्देशन दिएका थिए। निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादको नबेदनमा पाण्डेय सुचनाको हक सम्वन्धी निबेदन छोडेर आएको जानकारी दिएका छन्।

पाण्डेयले निवेदन छोडेर आएलगतै बाराको फेटा गाउँपालिका स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गम्हरियाबाट कलैया उपमहानगरपालिका वडा नं १४ बघवन स्थित श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय ( अधारभुत बिधालय कक्षा १ देखि ८ सम्म ) अन्तरपालिका सरुवा गराउन शिक्षक रामअँज्ञा साह पुगेका थिए।

साह कार्यालयमा पुगेपछि निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसाद कार्यालयमा नभएपछि फोन सम्पर्क भएको र श्यामकिशोरले प्रा.स . चौधरीसँग कागजात तयारी गराई चौधरीसँग कुरा गर्न भनेको जानकारी साहले दिएका छन्। प्रा.स. चौधरी र निमित्त ईकाई प्रमुख श्यामकिशोर प्रसादले ह्वाट्सएपमा कुरा गरी शिक्षक साहसँग रु २० हजारको माग गरीएको थियो। साहले आफ्नो सम्पूर्ण कागजात प्रतिक्रिया अन्तर्गत भएकोले किन पैसा दिने कुरा गरेपछि खाजा खर्चको लागि रु सात दिनुपर्ने अडान आएको थियो। साहले त्यो पनि रकम दिन नमानेपछि प्रा.स. चौधरीले साहको सरुवाको पत्र तयार गरेपनि नदिएको तथा रु सात हजार दिए लगतै प्रा.स. चौधरीले पत्र दिने भनेको जानकारी साहले दिएका थिए।

यसरी सम्पुर्ण प्रक्रिया पुरा गरी पनि सरुवाको पत्र लिन घुस माग गर्ने कर्मचारीलाई सम्बन्धित निकायले कार्वाही गर्न समेत साहले माग गरेका छन्।

 

मिति २०८०/०५/२४ गतेको शुभ आरम्भ राष्ट्रिय दैनिक पत्रिकाबाट संम्भार

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।