फेटा गाउपालिका अध्यक्ष अंसारीलाई खुल्ला रुपमै बहस गर्न
फेटा गाउपालिका अध्यक्ष अंसारीलाई खुल्ला रुपमै बहस गर्न उपाध्यक्ष साहको चुनौती
राजु चौरसिया
बारा, २० भदौ
बारा जिल्लाको फेटा गाउपालिकाका उपाध्यक्ष निलम साहले बन्द कोठामा होइन सार्वजनिक रुपमै बसेर बहस गर्न अध्यक्ष रुस्तम अंसारीलाई खुल्ला चुनौती नै दिएकी छन । फेटा गाउपालिकामा बढ्दै गएको भ्रष्टाचारबाट आजित भई उपाध्यक्ष साहले गाउपालिकाका अध्यक्ष रुस्तम अंसारी बिरुद्ध खनिदै बन्द कोठामा होइन, सार्वजनिक रुपमै खुल्ला बहस गर्न चुनौती नै दिनु भएको हो ।
फेटा गाउपालिकाको गतिविधि बारे पत्रकार समक्ष आफ्नो दुखेसो पोख्दा मेयर अंसारीले बन्द कोठा भित्र आफ्ना नजिकका पत्रकारलाई बोलाएर आफुलाई बदनाम गर्न खोजेको आरोप उपाध्यक्ष निलम साहको रहेको छ । उनका अनुसार भ्रष्टाचारको सिमा नाघेका फेटा गाउपालिकाको गतिविधिको बिषयमा सर्वसधारण जनतालाई समेत जानकारी हुनु पर्ने बताउदै खुल्ला रुपमै बहस गर्न चुनौती दिएको, उनले बताइन । भ्रष्टाचारको बिषयमा पटक पटक समाचार उजागर भए पश्चात आफ्ना नजिकका पत्रकारलाई बोलाई बन्द कोठा भित्र प्रतिकृया दिने गरेको, उनले बताइन ।
फेटा गाउपालिकाका अध्यक्ष रुस्तम अंसारी र प्रमुख प्रशासकीय अधिकृत गौरिशंकर सिंह (गुड्डु रंगीला)ले गर्दै आएको मनोमानी र भ्रष्टाचारको बिषयमा जनता माझ पुग्न अवाश्यक रहेको कारण खुल्ला रुपमै बहस गर्न चुनौती दिएको बताइन । जनता सेवाको निम्ति आएपनि मेयर रुस्तम अंसारी र प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंहका कारण सेवा प्रवाह गर्न नसकेको, उनले बताइन । उनका अनुसार शिक्षा, स्वास्थ्य, कृषिको नाममा व्यापक भ्रष्टाचार भइरहेको समेत जिकिर गरिन ।
यता मंगलवार फेटा गाउपालिकाबाट वितरण गरिएको किटनाशक औषधीमा समेत भ्रष्टाचार भएको पाइन्छ । मेयर अंसारीकै निर्देशनमा कृषकहरुलाई म्याद गजरिएको औषधी वितरण भएको समाचार सम्प्रेशन हुनसाथ आफ्नै आसेपासे अर्थात बिचौलिया पत्रकारलाई आमन्त्रीत गर्दै बन्द कोठा भित्र पाठ सिखाई खन्डन गराउने प्रयास गरिएको एक भिडियो क्लिपबाट प्रष्ट भएको छ ।