चितवनमा करिब २२ गैँडा नौ महिना मै मरे

0 0
Ads here
Read Time:4 मिनेट, 1 सेकेन्ड

२०७६ चैत्र ६ चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढ्दै गएको छ । विस २०७६ साउनदेखि हाल सम्म २२ वटा गैँडा सोही कारणले मरेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार पछिल्लो पटक गत मङ्गलबार पश्चिमी सेक्टरको टेम्पल टाईगर क्षेत्रमा एउटा गैँडाको हाडखोर मात्र भेटिएको छ । यस अघि दुईवटा राष्ट्रिय वन क्षेत्रमा र अन्य निकुञ्ज क्षेत्रमा गैँडा मरेका थिए । विषाक्त खाना, बुढो भएर, जुधेर, दलदलमा फसेर, भाले लाग्दा, लडेर, खोचमा फस्ने जस्ता कारणले गैँडा मर्ने गरेका छन् । गैँडाको मृत्युदर उच्च भएपछि गत वर्ष निकुञ्ज विभागले मृत्युको कारण अध्ययन गर्न समिति बनाएर काम गरिरहेको छ । विगत केही वर्षयता चोरी शिकारीबाट गैँडा मारिएका छैनन् । तर प्राकृतिक कारणले मर्ने क्रम बढेपछि संरक्षणको क्षेत्रमा चिन्ताको रुपमा हेरिएको छ । गत आर्थिक वर्षमा ४३ गैँडा प्राकृतिक कारणले मरेका थिए । आर्थिक वर्ष २०७४/०७५ मा २६ र २०७३/०७४ मा २५ गैँडा सोही कारणले मरेका थिए । सामान्यतया पाँच प्रतिशत गैँडाको मृत्युलाई सामान्य मानिन्छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा गैँडा रहेका उनले जानकारी दिए । गैँडा गणनाको तयारी दुर्लभ एक सिङ्गे गैँडाको गणना गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको निकुञ्जले जनाएको छ । यही चैत १० गतेबाट चितवन राष्ट्रिय निकुञ्जबाट गणना शुरु हुँदै छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पहिलो चरण र दोस्रो चरणमा बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने छ । चारवटा निकुञ्जमा गैँडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा गणनाका लागि ३५ हात्ती र ६० प्राविधिक जनशक्ति परिचालन गरिँदै छ । प्रत्यक्षरुपमा गणना गरिँदै छ । २० दिनमा गणना गरिसक्ने योजना रहेको छ । गणनाको शुभारम्भ चितवनबाट गर्न लागिएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृति उप्रेतीका अनुसार निकुञ्जको पूर्वी क्षेत्रबाट गणना गरिँदै छ । विगतका वर्षहरुमा दाताको भरमा गणना गरिने गरेको भए पनि यसपटक सरकारको आफ्नै खर्चमा गणना गर्दैछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा गणनाका लागि रु एक करोड १० लाख ३५ हजार रकम विनियोजन गरेको छ । बाढीले गैँडा बगाएपछि गत वर्षनै गैँडाको सङ्ख्या पत्तालगाउन गणना गर्ने तयारी गरिएको भए पनि बजेट अभावमा गणना हुन सकेको थिएन । दाताको भर पर्दा समस्या हुनसक्ने भन्दै यस वर्ष सरकारलेनै बजेट विनियोजन गरेको हो । हरेक पाँच पाँच वर्षमा गैँडा गणना गरिँदै आएको छ । यस अघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । त्यतिबेला ६४५ गैँडा रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । ती मध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा रहेका थिए ।स्रोत रातो पाटि

cold baat bachau
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
tamagadhi emergency add