सिम्रौनगढमा अविवाहित केटिले मोबाइल नबोक्न निर्देशन

Ads here
Chaudhary Traders
Read Time:1 मिनेट, 30 सेकेन्ड
Manakamana Gold

कलैया चैत्र ६ बाराको सिम्रौनगढ नगरपालिका वडा नं ५ मा अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ । बुधबार बसेको वडास्तरको बैठकले अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णय गरेको हो ।कम उमेरमा भागेर विहे गर्ने क्रम बढेपछि वडा समितिमा छलफल पछि अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णयमा पुगिएको वडा अध्यक्ष रामबहादुर कुर्मी पटेलले बतााएको हो ।

सरकारले विवाहको उमेर २० वर्ष तोकेको छ तर एक महिनामा चौरहरिया टोलबाट मात्रै दुई जना १२/१४ बर्षका केटीहरु भागे । छोराछारी भागेपछि अभिभावक जनप्रतिनिधिकोमा गुनासो लिएर आउँछन्’ उनले भने ‘ विवाहितले भए आफ्नो माइतीमा फोन गर्नुपर्छ, फोन चाहिन्छ अविवाहितले कहाँ फोन गर्छ ? त्यसैले भय त्रास देखाउनका लागि मोबाइल बोक्न रोक लगाउने निर्णयमा पुगेका हौं ।’अविवाहित केटा घरबाहिरको काममा रहने भएकोले उनीहरुलाई भने मोबाइल बोक्नमा प्रतिबन्ध नलगएको वडाध्यक्ष कुर्मीले बताए।

Novel Corona Ads
Incidents Registration
0 0
Breast Feeding Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु