श्रेणी बिहिन कर्मचारीलाई शिक्षा सह सँयोजकको जिम्मेवारी
श्रेणी बिहिन कर्मचारीलाई शिक्षा सह सँयोजकको जिम्मेवारी
कलैया , १८ जेष्ठ
बाराको पचरौता नगरपालिकामा दोस्रो स्थानिय तहको निर्वाचन पछि नगरप्रमुखमा नेकपा एमाले पार्टी बिजयी भएको छ। नेकपा एमाले पार्टीबाट नगरप्रमुख पदमा जलन्दर सिंह जयसवार बिजयी भएदेखि नै आफु मनोपलि तरिकाले नगरपालिका सँचालन गर्न खोज्दा एक बर्षको कार्यकाल बिबादै बिवादमा समाप्त भएको छ।
त्यस्तै नगरप्रमुख जयस्वारले आफु मनोपलि गर्दै क्षेणी बिहिन बिधालय लेखापाल मुकेश सिँह जयस्वारलाई एकै चोटी नगरपालिकाको शिक्षा सँयोजक बनाएका छन्। जुन कि नियमविपरीत भएको शिक्षाविद् बताएका छन्। पचरौता नगरपालिकामा शिक्षा सँयोजक र सह सँयोजकको दरबन्दी रहेको छ। त्यसमा क्षेत्रबाट निजामती कर्मचारी पदपुर्ति नभएसम्म नगरपालिका स्थित बिधालयमा कार्यरत जेष्ठताको अधारमा स्थायी शिक्षकलाई नियुक्त गर्नु पर्ने प्रावधान रहेको छ। तर नगरप्रमुख जयस्वारले आफ्नो नातेदार पर्ने श्रेणी बिहिन बिधालय लेखापाल मुकेश सिंह जयसवारलाई नियुक्त गरेका छन्।
पचरौता नगरपालिकामा एक सय दुई जना शिक्षक कार्यरत रहेका छन्। जसमा स्थायी माध्यमिक शिक्षक १३ जना , स्थायी निम्न माध्यमिक शिक्षक सात जना ,स्थायी प्राथमिक शिक्षक ८९ जना, अस्थायी करार शिक्षक चार जना र राहत शिक्षक ११ जना कार्यरत रहेका छन्। यि सबै शिक्षकलाई तह लगाउदै नगरप्रमुख जयस्वारले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेनौलीमा कार्यरत रहेका श्रेणी बिहिन लेखापाल मुकेश सिंह जयसवारलाई शिक्षा सह सँयोजक नियुक्त गरी बिगत एक वर्षदेखि नगरपालिकामा नै काजमा राखेका छन्।
यस बिषयमा शिक्षा बिकास तथा समन्वय ईकाई बाराको निमित्त ईकाई प्रमुख श्याम किशोर कुमारसँग बुझ्दा नगरपालिकाको शिक्षा सँयोजक र सह सँयोजकमा मन्त्रालयले कर्मचारी नपठाउँदासम्म पालिका भित्रका स्थायी शिक्षकहरु मध्ये जेष्ठताको अधारमा जिम्मेवारी दिनुपर्ने छ। तर यहाँ स्थानिय तहहरुले आफुलाई स्थानिय सरकार भएकोले नेपाल सरकारको शिक्षा ऐनलाई उछिन्दै आफु खुशी कामकाज गर्ने गरेका छन्। साथै बिधालय लेखापाललाई शिक्षा सह सँयोजकको जिम्मेवारी प्रदान गर्नु गैरकानुनी भएकोले कसैले लिखित उजुरी दिए खारेज हुन सक्ने समेत निमित्त ईकाई प्रमुख श्याम किशोर कुमारले बताएका छन्। संम्भार:- शुभ आरम्भ राष्ट्रिय दैनिक