
प्रादेशिक अस्पताल कलैयाको बेतिथि हटाउन बिकास समितिको निर्णय, कार्यान्वयन हुनमा शँका

कलैया, १४ जेष्ठ
प्रादेशिक अस्पताल कलैया धेरै नै बेतिथिहरु रहेको छ। समय समय अनुसार बिभिन्न सँचारमाध्यमले उजागर पनि गर्ने गरेका छन्। तर यहि शुक्रबार यस पत्रिकामा शिर्षक प्रादेशिक अस्पताल कलैयाका डाक्टरहरु कमिशनमा अल्ट्रासाउन्ड बाहिरबाट गराउदैं प्रकाशन गरेको थियो। उक्त समाचार प्रकाशन हुँदा शुक्रबार नै अस्पताल बिकास समितिले बैठक बसि बेतिथि हटाउने निर्णय गरेको छ।

कलैया उपमहानगरपालिकाको नगरप्रमुख बिनोद साह , निबर्तमान प्रतिनिधि सभा सदस्य रामबाबु यादव लगायतका प्रतिनिधिहरु तथा कलैया उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नाथु साहको रोहवरमा चार वटा डाक्टर नियुक्त गर्ने र एम्बुलेन्सलाई टेन्डर गर्ने गरेको निर्णय गरीएको छ।

चार वटा डाक्टरमा एक जना अर्थो , एक जना रेडियोलोजिष्ट , एक जना फिजिसियन र एक जना सर्जन डाक्टरको नियुक्त गरी अस्पाताललाई चुस्त दुरुस्त बनाउने निर्णय भएको छ। साथै अस्पातालबाट सँचालन भएको एम्बुलेन्सबाट कुनै किसिमको आर्थिक लाभ नभएकोले टेण्डर आह्वान गर्ने निर्णय भएको जानकारी अस्पाताल बिकास समितिको अध्यक्ष प्रकाश चौगाईले जानकारी दिएका छन्। भने त्यसै अस्पातालनो स्टोरमा भएको भ्रष्टाचार सम्बन्धि मुद्दा दर्ता गरी छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय भएको स्रोतले जानकारी दिएको छ।

यसरी प्रादेशिक अस्पताल कलैयालाई चुस्त दुरुस्त बनाउन बिकास समितिले निर्णय त गरेको छ। तर डाक्टरहरुले बाहिरबाट आउने कमिशन रोकिने डरले कार्यान्वयनमा शंका उत्पन्न भएको छ । किन भने अस्पतालमा एम्बुलेन्स सिण्डिकेटले गर्दा यहि १० गते नै एक बृद्धको मृत्यु भएको थियो। सँम्भार:- शुभ आरम्भ राष्ट्रिय दैनिक
