दिनहुँ सडकमै ट्राफिक शिक्षा 

0 0
Ads here
Read Time:3 मिनेट, 54 सेकेन्ड

दिनहुँ सडकमै ट्राफिक शिक्षा

 

कलैया , ११ जेष्ठ

 

raining add

सडक छेउमा मानिसको ठुलो भिड् । भिड्कै बीचमा ट्राफिक प्रहरी । झट्ट हेर्दा दुर्घटना झै लाग्ने तर वास्तविकता भने ठिक उल्टो । दिनँहु जसो पथलैया सडक खण्डमा देखिने उक्त दृश्यको उदेश्य भने दुर्घटना न्युनिकरणका लागि ‘सडक ट्राफिक शिक्षा’ अभियान रहेको छ।

 

tamagadhi emergency add

प्रदेश ट्राफिक कार्यालय पथलैयामा कार्यरत रहेका प्रहरी सहायक निरीक्षक दिपक कुमार बस्नेत सहितको टोलीले यस्तै रचनात्मक गतिविधिमा सक्रिय देखिन्छन् । ट्राफिक नियम विपरित सवारी चलाउने चालकलाई जरिवाना भन्दा पनि सडकमै ‘ट्राफिक शिक्षा’ दिन रुचाउने गरेका रहेका छन् बस्नेत।

 

Breast Feeding Ads

सवारी चालकलाई सडकमै भेला गर्दै बस्नेतले ट्राफिकका लागि भन्दा पनि दुर्घटना र मानविय क्षती न्युनिकरणका लागि नियमको पालना गरेर सवारी चलाउन दिनहुँ विभिन्न सवारीका चालकलाई अनुरोध गरिरहेको दृश्य देख्न सकिन्छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नं १ स्थित पथलैया निजगढ सडकखण्डमा बुधबार प्रहरी सहायक निरिक्षक बस्नेतले ट्राफिक प्रहरीले जरिवाना काट्नै नपर्ने गरी जिम्मेवार भएर सवारी चलाउन १९० जना बस, सुमो चालक तथा यात्रुहरुलाई अनुरोध गर्दै जन चेतना फैलाउने गरेका छन्।

 

Kolhabi Ads

जरिवाना उठाउन हामीलाई रहर छैन्, सकेसम्म जरिवाना नै काट्न नपरोस भन्ने चाहना हुन्छ’ चालकको समुहलाई सम्झाउदै बस्नेतले भने ‘जरिवानाले दुर्घटना र मानविय क्षति कम हुदैन । तपाईहरु सचेत भएर सवारी चलाए मात्रै यो सम्भव छ ।

 

ट्राफिक प्रहरीको आँखा छलेर तिब्र गतिमा, मादक पदार्थ तथा लागुऔषध सेवन गरेर, हेल्मेट नलगाएर क्षमताभन्दा बढी यात्रु तथा सामान बोकेर सवारी नचलाउन, सवारी साधनमा बसेका यात्रु र आफ्नो परिवारको विषयमा सोच्न पटकपटक सबैलाई अनुरोध गर्ने गरेका छन् । साथै ट्राफिक प्रहरीलाई झुक्याउन सफल भएपनि त्यसबाट निम्तिन सक्ने दुर्घटना रोक्न जो कोही पनि असफल हुने बस्नेतले बताउने गरेका छन्।

 

‘दुर्घटना कसैले गर्छु भनेर हुने होईन, लापरवाहीले हुने हो । त्यो लापरवाही चालकबाट नहोस् भन्ने मात्रै हाम्रो भनाई हो’ बस्नेतले सम्झाउने गरेको र त्यसैको लागी तपाईहरुलाई केही समय भएपनि यसरी सधैं सचेत गराउने प्रयास गरिरहेको बताएका छन् । यसलाई गम्भिर भएर सोचिदिनुहोला । भनि आग्रह गर्दै जनचेतनामुलक कार्यक्रम गरेका छन्।

 

प्रहरी सहायक निरीक्षक ट्राफिक प्रहरी सम्बन्धि शिक्षा कहिले बाटोमा , कहिले बिधालयमा , कहिले समुदायमा गर्ने गरेको देख्न सकिन्छ। त्यसैले सवारी साधन चलाउदा हामीले पनि ट्राफिक नियमको पालना गर्न बस्नेतले आग्रह गरेका छन्।

 

सँम्भार शुभ आरम्भ राष्ट्रिय दैनिक

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।