
नागरीक उन्मुक्ति पार्टीको प्रदेश अध्यक्षको पहलमा कलैया मालपोत कार्यालयमा कार्यालय प्रमुख हाजिर

नागरीक उन्मुक्ति पार्टीको प्रदेश अध्यक्षको पहलमा कलैया मालपोत कार्यालयमा कार्यालय प्रमुख हाजिर
उपेन्द्र पासवान

कलैया , ११ जेष्ठ

मालपोत कार्यालय कलैया बाराको तत्कालीन कार्यालय प्रमुख गोपाल प्रसाद बराल अनिवार्य अवकाश प्राप्त गरेपछि मालपोत कार्यालय कार्यालय प्रमुख बिहिन बनेको थियो। कार्यालय प्रमुख नभएकोले धेरै जसो मालपोत कार्यालयबाट सेवा प्रदान हुने सेवा प्रदान हुन सकेको थिएन। जसले गर्दा सेवाग्राहीहरु मर्का हुने गरेको थियो।

सेवाग्राहीको मर्कालाई ध्यानमा राख्दै नागरिक उन्मुक्ति पार्टीको मधेश प्रदेशको अध्यक्ष रामचन्द्र चौधरीको पहलमा बुधबार कार्यालय प्रमुख हाजिर भएका छन्। कार्यालय प्रमुखको रुपमा गृह मन्त्रालय अन्तर्गत रहेका उपसचिव राजेश गिरी बुधबार मालपोत कार्यालय कलैया बारामा हाजिर भएका छन्। गिरीको आगमनसँगै मालपोत कार्यालय बाट हुन नसकेको काम अब सुचारु हुने बिश्वास लिईएको जानकारी मालपोत कार्यालय कलैयाको सुचना अधिकारी सागर गुप्ताले दिएका छन्।

नागरीक उन्मुक्ति पार्टीको मधेश प्रदेश अध्यक्ष चौधरीले मेरो पनि गृह जिल्ला बारा नै भएकोले बारा जिल्लामा हुने समस्या प्रति आफु सदैव चिन्तित रहने गरेको बताएका छन्। त्यहि अनुसार नै आफु मन्त्रालयमा पहल गरी मालपोत कार्यालय कलैया बारामा कार्यालय प्रमुख ल्याउन सफल भएको दाबी गरेका छन्। सँम्भार शुभ आरम्भ राष्ट्रिय दैनिक