
नेपालबाट तेक्वान्दो खेल लोप हुँदै नगरप्रमुख उपेन्द्र यादव

नेपालबाट तेक्वान्दो खेल लोप हुँदै नगरप्रमुख उपेन्द्र यादव
बारा- ५ जेष्ठ

तेक्वान्दो खेल नेपालमा अति आवस्यक खेल रहे पनि सरकारले ध्यान नदिएको कारणले नेपालमा तेक्वान्दो खेल पछाडि रहेको महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र यादवले प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो खेल प्रतियोगिताको उद्घाटन गर्दै बताएको छ ।

बाराको निजगढमा आज देखि शुरु भएको प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका सात प्रदेश सहित भारत, बंगलादेश, भुटान, कोरिया,जापानका खेलाडीहरुले सहभागिता रहेको महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र यादवले बताएको हो ।नेपाल सरकार र मधेस सरकारले तेक्वान्दो खेलमा आवस्यकता अनुसार बजेट बिनियो नगरेको कारणले नेपालमा तेक्वान्दो खेलाडीको संख्यामा वृद्धि हुन सकेका छैन ।नेपालको तेक्वान्दो खेलाडीलाई बिदेशी प्रशिक्षकको अभावमा केही बर्ष एता अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा जित हासिल गर्न सकेका छैन । दक्षिण कोरियाका जे के सिन नेपालमा तेक्वान्दो खेल भित्र्याउने व्यक्ति हुन ।सन १९८६ मा अष्ट्रेलियामा भएको सातौं एसियन तेक्वान्दो च्याम्पियनसिपमा मोहन राईले कास्य पदक दिलाएका थिए । यस्तै १९८७ मा बार्सिलोनामा भएको वर्ल्ड तेक्वान्दो च्याम्पियनसिपमा नेपालले कास्य पदक जितेको थियो । तर अहिले आएर सरकारले ध्यान नदिएको कारणले तेक्वान्दो खेल नेपालमा लोप हुँदै गएको नगरप्रमुख यादवले बताए ।

मधेस प्रदेश तेक्वान्दो संघको आयोजनामा भएको यस खेलमा राष्ट्रिय खेलकुद परिषद्का तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक टार्जन सुब्बा मुख्य निर्णायक यस्तै निर्णायकहरूमा अन्तर्राष्ट्रिय निर्णायक रवीन्द्र मल्ल, नारायण बुढाथोकी, कुमार लामा घिसिङ, बब्लु सिवाकोटी र नवीना बुढाथोकी मगर लगाएत रहेका छन ।

जिरोगीतर्फ पुरुष सात र महिला ६ गरी १३ तौल समूह र पुम्सेतर्फ जुनियर १० वर्षको सिंगल, १२ वर्ष डबल र १४ वर्षको ग्रुप गरी तीन तथा सिनियर पुम्सेतर्फ १८ वर्षतल र माथि महिला पुरुष गरी चार टिम गरी २० इभेन्टमा प्रतियोगिता सञ्चालन हुने मधेस प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामाले जानकारी दिए। सँम्भार शुभ आरम्भ राष्ट्रिय दैनिक