त्रसित मेयर अंसारीले ८ महिना पश्चात आफ्नो घर आफै भत्काए

0 0
Ads here
Read Time:4 मिनेट, 8 सेकेन्ड

त्रसित मेयर अंसारीले ८ महिना पश्चात आफ्नो घर आफै भत्काए

बारा, ५ जेष्ठ

 

cold baat bachau

बारा र पर्सा जिल्ला जोड्ने बम नहर सडक निर्माणको समयमा सडक निर्माणको काममा अवरोध पुरयाउने मेयर हालको समयमा आफ्नै घर तोेडेर लोकप्रियता बटुल्ने प्रयास गरेका छन । करिब ८ महिना अगाडी बम नहर सडक निर्माण कार्यको समयमा आफ्नै घर परेपछि निर्माण कार्यमा अवरोध गरेका मेयर हालको समयमा आफ्नै घर तोडेर लोकप्रियता बटुल्ने प्रयास गरेका हुन ।

 

tamagadhi emergency add

फेटा गाउपालिकाका अध्यक्ष रुस्तम अंसारीले नहर सडकको जग्गा अतिक्रमण गरी बनाएका पक्की घर तोड्न नदिन भन्दै करिब ८ महिना अगाडी सडक निर्माणको कार्यमा अवरोध नै गरेका थिए । मेयर अंसारीले गरेको अवरोधका कारण फेटा बजार चौकको सडक कालोपत्रे हुन नसकेको स्पष्ट नै बुझिन सकिन्छ । बाराको कचोर्वाबाट सुरु भएको नहर सडक पर्सा जिल्लाको जानकी टोला हुदै भारत बिहारको इनर्वासम्म कामको थालनी भएको करिब २ बर्ष बितिसक्दापनि हालसम्म फेटा बजार चौक कालोपत्रे हुन नसकेको स्थानीयहरु बताउछन ।

 

Breast Feeding Ads

करिब ८ महिना अगाडी फेटा बजार चौकमा कालोपत्रे गर्ने समयमा हालै स्थानीय निर्वाचनमा निर्वाचित मेयर रुस्तम अंसारीले आफ्नो बाहुलियता देखाउदै सडक निर्माणको कार्य रोक्का नै गराएका थिए । जसका कारण स्थानीयहरुले बिरोध गरेपनि आफ्नो हैकम्वादी तरिकाले सडक निर्माणको कार्य रोक्का नै गराएको स्थानीयहरु दुखेसो पोखेका छन । एक जना स्थानीयका अनुसार मेयर अंसारीले हालको समयमा आफ्नो घर टहरा आफै हटाउनुले लोकप्रियता बटुल्न खोजेको आरोप लगाउनु भयो । उहाले गाउपालिकाको जेसिभि मेसिन प्रयोग गर्दै आफ्नो घरको भित्ता फोडिएको बताउनु भयो ।

 

Kolhabi Ads

बिगत केहि दिनेदेखी फेटा गाउपालिकामा भएको भ्रष्टाचार र कमि कमजोरी बारे केहि संचाररकर्मीहरु लागेकै त्रासमा मेयर रुस्तम अंसारीले यस्तो कदम चालेको हुन सक्ने अर्का स्थानीयले बताएका छन । उहाका अनुसार फेटा बजार क्षेत्रमा मात्र नभई फेटा गाउपालिका वडा नम्बर १ त्रिवेणीको समेत सडक ढलानको रकम अन्यत्र प्रयोग गरिएको बताए । फेटा गाउपालिका मेयर पदमा निर्वाचित भएदेखी नै विवादै विवादको घेरामा अंसारी परेको, उनले बताए ।

 

यता फेटा गाउपालिका वडा नम्बर ७ गम्हरीयाको बिच सडकको बिषयमा मेयर रुस्तम अंसारीले कुनै पहलको थालनी नगरेको आरोप स्थानीयहरुको रहेको छ । सडक निर्माणको लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेपनि हालसम्म के कारण र किन नहुन सकेको बारेमा पनि मेयर अंसारीले चेस्टा नदेखाएकै कारण निर्माण कार्य अगाडी बढ्न नसकेको आरोप स्थानीयहरुको रहेको छ ।

 

यता यस बिषय लगायत गाउपालिकामा भइरहेको गतिविधिको बिषयम फेटा गाउपालिकाका अध्यक्ष रुस्तम अंसारी संग सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेन्न ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।