
सिता जयन्तीको अवसरमा कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवद्वारा शुभकामना

चेरवन्त खबर डेस्क
नेपालका कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले माता सीतालाई धैर्य, सहनशीलता र उदारताकी प्रतिमूर्ति भएको बताउँदै शुभकामना दिनु भएको छ ।

सीता जयन्तीका अवसरमा शुभकामना दिँदै वहाँले जगत् जननीका रूपमा पूजा अर्चना गरिने सीता नेपाल भूमिकी पूत्री हुनु नेपालीका लागि गौरवको विषय भएको बताउनु भएको हो ।

यादवले मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान उच्च राख्न मार्गदर्शन गर्ने आदर्श नारीका रूपमा समेत सीतालाई श्रद्धा गरिने उल्लेख गरेका छन्।

यो अवसरमा लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबैमा निरन्तर प्रेरणा प्रदान मिलोस् भनी कामना गरेका छन्।
