
बारा क्षेत्र नं. १ क का प्रदेशसभा सदस्य त्रिलोकी प्रसाद चौधरीले गरे आफ्नो चुनावी खर्च सार्वजनिक

चेरवन्त खबर डेस्क
बारा जिल्ला क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य त्रिलाकी प्रसाद चौधरीले आफ्नो चुनावी खर्च सार्वजनिक गर्नु भएको छ ।

नेकपा एमाले पार्टिबाट उम्मेदवारी दिएर चुनाव जित्नु भएको प्रदेश सभा सदस्य चौधरीले करिब ९ लाख १९ हजार ७ सय ३६ रुपैंया ९२ पैसा खर्च सार्वजनिक गर्नु भएको हो ।

सभासद चौधरीले मतदाता नामावली खरिद शिर्षकमा पाँच हजार, सवारी साधनका लागि दुई लाख सन्ताउन्न हजार पचहतरी रुपैया, त्यस्तै गोष्ठि तथा अन्तरकृया शिर्षकमा एक्काइस हजार सात सय तिस रुपैया, छापा एवं बिद्युतिय माध्यम सामाजिक संजाल समेत गरेर दुई लाख पैंतिस हजार चालिस रुपैया, कार्यालय संचालन तथा प्रतिनिधि परिचालनका लागि पाँच हजार रुपैया र इन्धनमा एक लाख अड्छठ्ठी हजार उनान्तीस रुपैया गरी जम्मा ९ लाख १९ हजार ७ सय ३६ रुपैंया ९२ पैसा खर्च भएको बताउनु भएको छ ।

