बाराको कोल्हबीमा तेस्रो मेयर क्रीकेट कप सुरु, उद्घाटन खेलमा हेटौंडा बिजयी
बुधन चौधरी, कोल्हबी
बाराको कोल्हबीमा बुधबारदेखि तेस्रो कोल्हबी मेयर क्रीकेट कप सुरु भएको छ । सो नगरपालिका वडा नम्बर १ स्थित मठवा काटा नजिकै खखरीको सुन्दर मैदानमा शुरु भएको हो । कोल्हबी नगरपालिकाको मुख्य प्रायोजन तथा परिवर्तनको लागि युवा समाज कोल्हबीको आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको उदघाटन कार्यक्रमको प्रमुख अतिथि कोल्हबी नगरपालिकको मेयर रामप्रसाद चौधरी रहनुभएको थियो भने सभापतिको आसन ग्रहण आयोजक संस्थाका अध्यक्ष ग्यानेन्द्र चौधरीले गर्नुभएको थियो ।
त्यस्तै अतिथिहरुमा कोल्हबी नगरपालिका वडा नम्बर १ का अध्यक्ष राजहरण चौधरी,तामागढी साझेदारी वन ब्यवस्थापन कोल्हबी काटाका अध्यक्ष रबिन्द्र पनुहर,समाजसेवी भुवन चौधरी, युवा नेता बिरेन्द्र पनुहर,तेक्वान्दो प्रशिक्षक राजु चौधरी,तनहु सुनचाँदीका संचालक मिलन जि आर,सुरक्षाकर्मी, संचारकर्मी लागायत दर्शकहरुको सहभागिता रहेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य बिरेन्द्र पनुहर,भुवन चौधरी,रबिन्द्र पनुहर,महेश कुमार साह, राजहरण चौधरी लगायतकाले राख्नुभयो। स्वागत मन्तव्य संस्थाका सचीव सुरेश दासले गर्नुभएको थियोे भने शम्भु कुमार साहले कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो ।
सो उद्घाटन दिन हेटौंडा क्रीकेट एकेडेमी मकवानपुर विरुद्ध न्यु आदर्श क्रीकेट क्लब कचोर्वा बारा बिच भएको खेलमा हेटौंडाले १० विकेट गुमाई १९।४ ओभरमा १४८ रन बनाएको थियो । १४९ रनको टार्गेट लिएर ब्याटिङमा उतरिएका कचोर्वाले ५ विकेटको नोक्सानीमा ८६ रन लिदै १४.४ ओभरमा आत्मसमर्पण गरि फिल्ड छाडेका थिए।
प्रतियोगिताको बिजेताले नगद ४५ हजार रुपैय, सिल्ड मेडल र प्रमाणपत्र पाउनेछ भने उप बिजेताले नगद रु. २५ हजार सिलड मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाए। साथै प्रत्येक खेलमा म्यान अफ दि म्याच र खेल अवधी भरिनै उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी म्यान अफ दि सिरिज घोसित हुनेछ र वहाले फल स्वरुप एक थान चांदिको ब्रासलेट प्राप्त गर्ने छन। भोलिको खेल आदर्स युवा क्लब चिउटाहाको विरुद्ध कंकालीमाई क्रीकेट क्लब सिमरौनगढ बिच प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष ग्यानेन्द्र चौधरीले जानकारी दिनुभएको छ।