
बारागढी ५ को प्रथम वडा अध्यक्ष कप आयोजक क्लब आफैले जिते

बुधन चौधरी, कोल्हवी
बाराको बारागढी गाउपालिका अन्तर्गत रहेको श्री जन अभियान युवा क्लब सिहासनिले शुरु गरेको प्रथम वडा अध्यक्ष कप आयोजक क्लब आफैले जित्न सफल भएको छ । हप्ता दिन अगाडी नै शुरु भएको फुटबल प्रतियोगिताको अन्तिम खेल शनिबार समाप्त भएको हो । उक्त प्रतियोगिताको अन्तीम खेल आयोजक श्री जन अभियान क्लबको विरुद्ध रतनपुर क्लब बिच प्रतिस्पर्धा भएको थियो। खेलको पहिलो हापको ६औं मिनेट जादा आयोजक टिमका जर्सी न। १६ का राजेश चौधरीले गरेको पहिलो गोल नै निर्णायक गोल बन्दै आयोजक क्लब ०-१ गोलले उपाधी हात पारेको छ। यता रतनपुरका खेलाडीहरुले अथक प्रयास गरे पनि जवाफिमा कुनै गोल गर्न सकेका थिएन । आयोजक टिमका गोल रक्षक सोमराज चौधरी फाइनल खेलको म्यान अफ दि म्याच घोसित हुनु भएको छ।

समापन कार्यक्रममा प्रमुख अतिथि बारागढी गाउपालिकाका अध्यक्ष अशोक कुमार जयसवाल रहनु भएको थियो। त्यस्तै अतिथिहरुमा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवि राय, वडा नम्बर ५ का वडाध्यक्ष अध्यक्ष मनेजर चौधरी , १ का अध्यक्ष सुरेश चौधरी, २ का अध्यक्ष जोगिन्द्र साह, ५ का वडा सदस्य बिनोद सहनी, श्रीमती बसमतिया देवि तेलिन, सुरक्षाकर्मी समाजसेवी,संचारकर्मी लगायत खेल प्रेमी दर्शकहरुको उल्लेख्य उपस्तिथि रहेका थिए ।

बिनोद चौधरीले सहजीकरण गरेको कार्यक्रममा सभापतिको आसन ग्रहण तथा कार्यक्रम समापन भने आयोजक क्लबका अध्यक्ष सुरज चौधरीले गर्नुभएको थियो । प्रतियोगिताको बिजेता टिमले नगद रु ५० हजार र उपबिजेता टिमले नगद रु ३० हजार सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

