प्रथम कोल्हबी भलिबलकपको उद्घाटन खेलमा आयोजकलाई हराउँदै काठमाण्डौं क्लब बिजयी
चेरवन्त खबर डेस्क
प्रथम कोल्हबी भलिबलकप २०७९ को उद्घाटन दिनको खेलमा नेपाल प्रहरी क्लब काठमाडौं बिजयी भएको छ । बाराको कोल्हबी नगरपालिका वडा नम्बर १ स्थित जनशक्ति क्लबको आयोजनामा गरिएको खेलमा आयोजक क्लबलाई २५-१४, २५-१० र २५-१३ को फरकले हराउँदै काठमाण्डौंले पाइला अगाडी सारेको हो ।
आयोजक क्लबका अध्यक्ष खुशी चौधरीको सभापतित्वमा कोल्हबीका नगर प्रमुख रामप्रसाद चौधरीले उद्घाटन गर्नु भएको थियो । फाल्गुन २६ गते शुरु भएको सो प्रतियोगिता २९ गते सोमबारको दिन समापन हुने र २७ गते शनिबारको दिन सशत्र प्रहरि बल काठमाण्डौ, मधेस प्रदेश जनकपुरधाम, मकवानपुर भलिबल संघ हेटौंडा, पाथिभरा टाईगर भलिबल क्लब झापा बिच हुने आयोजकले बताए ।
उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख पाँच हजार, दोस्रो हुने टिमले नगद एक लाख पाँच हजार र तेस्रो हुने टिमले पनि पचपन्न हजार नगद पुरस्कार पाउने छन् भने तिन वटै टिमले शिल्ड, मेडल र प्रमाणपत्र पनि प्राप्त गर्ने आयोजक क्लबका प्रतिनिधि समिर चौधरीले जानकारी दिनु भयो।