दोस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता फागुन २७ गते देखि संचालन हुने

0 0
Ads here
Read Time:3 मिनेट, 45 सेकेन्ड

चेरवन्त खबर डेस्क

दोश्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता फागुन २७ बाट संचालन हुने भएको छ । परवानीपुर युथ क्लबको आयोजनमा दोश्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीता संचालन हुने भएको हो । शनिबार खेल मैदानमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक क्लबले त्रिभुवण लोकमार्गमा वीरगन्ज महानगरपालिका २१ परवानीपुरको खेल मैदानमा फागुन २७ शनिबार अपरान्ह ३ बजेबाट खेल प्रतियोगीता सुरु हुने आयोजक क्लबका अध्यक्ष अलिअख्तर आलमले जानकारी दिए । उनका अनुसार विगत लामो समयपछि रोकिएको फुटबल प्रतियोगीता गतबर्ष देखि परवानीपुरमासुरु गरीएकाले यस पटकका लागी निशुल्क रुपमा दर्शकका लागी खेल हेर्न सकिने व्यवस्था गरीएको छ ।

cold baat bachau

फुटबल प्रतियोगीतामा १५ लाखको लगानी हुन लागेकाले विभिन्न ठाँउबाट सहयोग वापत रकम व्यवस्था गरीएको अध्यक्ष आलमले बताए ।
दोश्रो फुटबल प्रतियोगीताको मुख्य प्रायोजकको रुपमा कृष्णा फाउन्डेशन ,बैंगलोर रहेको छ भने अन्य एक दर्जन भन्दा बढि विभिन्न सह प्रायोजकहरु रहेको उनले बताए । यस्तै वीरगन्ज महानगरपालिका र परवानीपुर गाँउपालिकाले खेल प्रतियोगीतामा बिशेष सहयोग गरेका छन ।

tamagadhi emergency add

एक साता सम्म चल्ने फुटबल प्रतियोगीतामा ८ वटा फुटबल टिमले भाग लिने आयोजकले जनाएको छ । मधेश प्रदेशका विभिन्न जिल्लाका ६ वटा र बागमति प्रदेशका दुई वटा गरी ८ वटा टिमले भागले लिने भएका हुन ।

Breast Feeding Ads

प्रतियोगीतामा आयोजक परवानीपुर युथ क्लब , नवजनजागृति युवा क्लब सिमरा , वीरगन्ज युनाईटेड क्लब वीरगन्ज ,जनकपुर स्पोर्ट क्लब धनुषा ,बेल्खाडी युवा क्लब महोतरी , हेटौडा फुटबल एकेडमी हेटौडा, बिएफसी क्लब भरतपुर नारायणगढ सहितका टिम सहभागी हुने अध्यक्ष आलमले बताए ।

Kolhabi Ads

प्रतियोगीतामा विजेता हुने टिमले एक लाख ५० हजार नगद,शिल्ड र प्रमाणपत्र पाउने छन भने उपविजेताले नगद ७५ हजार सहित शिल्ड र प्रमाणपत्र पाउने छन ।

प्रत्येक दिन खेलमा म्यान अफ दी म्याच हुने खेलाडीले नगद ५ हजार ,मेडल र प्रमाणपत्र पाउने छन । भने उत्कृष्ट गोलकिपर, डिफेन्डर,स्ट्राईकर,मिडफिल्डर र कोचलाई जनहि ५/५ हजार प्रदान गरीने आयोजकले जनाएको छ । यस्तै प्रतियोगीता भरीमा उत्कृष्ट – म्यान अफ द सिरिज – हुने खेलाडीले १० हजार पाउने छन ।

पत्रकार सम्मेलनमा आयोजक क्लबका बरिष्ठ उपाध्यक्ष अनिल श्रीवास्तव , उपाध्यक्ष रवि राम ,महासचिव दिपक यादव ,सचिव धुप मन्डल, कोषाध्यक्ष सुरेश यादव ,सदस्यहरु सफिक आलम ,रेहान आलम(काले) ,सुनिल मंडल, ईमरान आलम लगायतको सहभागीता रहेको थियो ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।