
कोल्हबी नगरको प्रत्येक टोलमा राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान आज देखि शुरु

चेरवन्त खबर डेस्क
नेपाल सरकारले बिहीवार देखि १५ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गरे संगै बारा जिल्लाको कोल्हबी नगरपालिकाको प्रत्येक टोल टोलमा पनि राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान देखि शुरु गरेको छ । गत वर्ष यी १५ वटा जिल्लामा समुदायमा परीक्षण गर्दा हात्तीपाइलेको जीवाणु फेला परेकाले औषधि खुवाउन थालिएको हो । उक्त नगरपालिकाको वडा कार्यालयहरु, स्वास्थ्य चौकी, बिद्यालय लगायत टोल टोलमा सो अभियान आज बिहानै देखि शुरु गरिएको नगर प्रमुख राम प्रसाद चौधरीले जानकारी दिनु भयो । सो पालिकाको वडा नम्बर ११ रामपुर्वामा रहेको बिद्यालयमा नगर प्रमुख चौधरीले स्वंयम् आफै उपस्थित भएर औषधि सेवन गरी सुरुवात गर्नु भएको कुरा चिकित्सक जय प्रकाश चौधरीले बताउनु भयो ।

आजबाट १५ जिल्ला झापा, मोरङ, महोत्तरी, धनुषा, बारा, सर्लाही, रौतहट, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली गरी ८ १५ जिल्लाका ८४ लाख ९८ हजार ५०० जनालाई यो औषधि खुवाउन थालिएको छ। हाल हात्तीपाइलेविरुद्धको औषधि खुवाउँदा जुकाको औषधि (एल्वेन्डाजोल) पनि खुवाइन्छ।

नेपालमा सन् २००३ मा पर्सा जिल्लाबाट औषधि खुवाउन सुरु गरिएको थियो। पछि ६४ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि अभियान सञ्चालन गरिएको थियो।

