
आदर्श कोतवालमा हात्तिपाईले रोग विरुद्धको आम औषधि सेवन अभियान शुरु

नूर आलम बादशाह
बाराको आदर्श कोतवाल गाउँपालिकामा आज देखि हात्तिपाईले रोग विरुद्धको आम औषधि सेवन अभियान २०७९ शुरु भएको छ । आदर्श कोतवालमा विहानैदेखि औषधि सेवन गरि अभियानको सुरुवात गरिएको छ । आदर्श कोतवाल गाउँपालिकाक वडा नम्बर १ का वडा अध्यक्ष सुनील कुश्वाहाले स्वास्थ्य चौकी चिउटाहाद्वारा आयोजित कार्यक्रममा हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गरि आम औषधि सेवन अभियान, २०७९ को सुरुवात गर्नुभएको हो ।

अभियानको सुरुवात गर्दै वडा अध्यक्ष कुशवाहाले हात्तिपाईले रोग विरुद्धको औषधि सेवन गरिसकेको र सम्पुर्ण पालिकाबासीहरुले पनि सेवन गर्न अनुरोध गर्नुभयो । उक्त अभियानमा श्री राम चरित्र माविका प्रअ दिनेश साहले यस अभियानमा सबै पालिकावासीले औषधि सेवन गर्न नछुट्न र नदोहरिन आव्हान गर्नुभयो । सवैले सहयोग गरेमा मात्र राष्ट्रिय हात्तीपाईले रोग निवारण आम औषधि सेवन अभियानलाई सफल बनाउन सकिने बताउनु भयो ।

उक्त कार्यक्रममा चिउटाहा स्वास्थ्य चौकी शाखाका प्रमुख मुकेश गुप्ता, स्वास्थ्यकर्मी सरोज कुशवाहा, जय शंकर प्रजापति, रूबी कुमारी यादव, सरिता कुमारी गुप्ता, प्रतिमा यादव, ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्श प्रमुख नारायण भट्टराई, रेडियो बादल प्रमुख नूर आलम बादशाह, गजेन्द्र कुशवाहा, समाजसेवी बीर बहादुर साह, मन्टु लाल कर्ण, बिन्दु गुप्ता, रामानन्द कुशवाहा लगायतको सहभागिता रहेको थियो।

