कम्पनीबाट जनकपुर पठाइएको १ ट्रक बियर बिच बाटोमै गायब हुँदा रौतहटमा फेला

0 0
Ads here
Read Time:1 मिनेट, 54 सेकेन्ड

रौतहट । रौतहटको गरुडा नगरपालिकास्थित एक घरबाट प्रहरीले लाखौं मूल्य बराबरको चोरिको एक ट्रक बियर बरामद गरेको छ । विशेष सूचनाको आधारमा गरुडा नपा ६ अमरपटी गाउँस्थित उमेश यादवको घरमा भारतीय नागरिक विकास साहले भाडा लिएर बसेको कोठाबाट ठुलो परिमाणमा बियर बरामद भएको हो ।

cold baat bachau
tamagadhi emergency add

साहको कोठाबाट १४ सय १४ कार्टुन टुबोर्ग बियर बरामद भएको डिएसपी ज्ञानकुमार महतोले पत्रकार सम्मेलनमा आज जानकारी दिए। भारत बिहार सितामढी बैरगनिया बस्ने आरोपी विकास साह भने फरार रहेको डिएसपी महतोले जनाए ।

Breast Feeding Ads
Kolhabi Ads

बरामद बियर २ वटा ट्रकमा ईलाका प्रहरी कार्यालय गरुडामा ल्याइएको छ । केहिदिन अघि चितवनस्थित टुबोर्ग बियर कम्पनीबाट एक ट्रक बियर जनकपुरको लागि पठाएको थियो । उक्त ट्रक जनकपुरसम्म न पुगेर बीचैबाट गायब भएको थियो । साहु र ट्रान्सपोर्टरले खोजतलास गर्दै जादा सुराकीको आधारमा उक्त बियर अमरपटी गाउँमा बरामद भएको हो। बरामद बियर लोड भएको  भन्दा केही कम रहेको पीडित साहुले बताए ।

बियर ढुवानी गर्ने ट्रक चालक र भारतीय नागरिक विकासको खोजी भैइरहेको प्रहरीले जनाएको छ । आरोपीहरु पक्राउपछि रहस्य खुल्ने ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । बरामद बियरको बजार मूल्य ४२ लाख बढि पर्ने जनाइएको छ । स्रोत रातो आटि

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु