
अनुप दिपनी मा.बि. कोल्हबीद्वारा बार्षिकोत्सवको अवसरमा लगातार कार्यक्रमहरु संचालन गरिंदै

चेरवन्त खबर डेस्क
बाराको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवस्थित श्री अनुप दिपनी माध्यमिक बिद्यालयले आफ्नो बार्षिकोत्सवको अवसरमा २९ गते देखि लगातार कार्यक्रम संचालन गरिरहेका छन् । बिद्यार्थीहरुको अतिरिक्त शिप बिकास, मनोरंजन तथा मानसिक बिकासका लागि सो कार्यक्रमको आयोजना गरेका हुन् ।

बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष किशोरी प्रसाद चौधरी, वडा नम्बर १ का प्रतिनिधि, प्रमुख प्रचार्य राम प्रकाश चौधरी, पुर्व शिक्षक र कार्यरत शिक्षकको उपस्थितीमा २९ गते निबन्ध लेखन, बकृत्वकला प्रतियोगिता, भलिबल छात्र छात्रा लगायतका कार्यक्रम गरेका थिए भने हिजो १ गते शुक्रबारका दिन हाजिरी जवाफ प्रतियोगिता, ब्याटमिन्टन र आज शनिबार देखि एथलेटिक्सका खेलहरु खेलाएर ४ गते सोमबारको दिन समापन गरिने अतिरिक्त कृयाकलापका संयोजक एवंम शिक्षक जिवन पोखरेलले जानकारी दिनु भयो ।

उक्त कार्यक्रम बिच सम्पन्न भएको निबन्ध लेखन प्रतियोगितामा कक्षा १२ मा अध्ययनरत हिना चौधरी प्रथम भएकी छिन् भने कक्षा ११ की नन्दनी महतो दोस्रो र सलिना सापकोटा तेस्रो स्थानमा पर्न सफल भएकी छिन् । त्यस्तै वकृत्वकला प्रतियोगितामा कक्षा ७ मा अध्ययनरत पुर्णिमा चौधरी प्रथम, ९ कक्षा सेक्सन बि का नितेश मुखिया दोस्रो र कक्षा ११ का लक्ष्मी चौधरी तृतिय भएको संयोजक पोखरेलले बताए ।

त्यस्तै सम्पन्न भएको भलिबल छात्रा तर्फको खेलमा कक्षा ९ का समुहलाई पराजित गर्दै ८ कक्षाका समुह बिजयी भएका छन् भने छात्र तर्फको खेलमा ११ कक्षाका समुहलाई पछाडी पार्दै ९ कक्षाका खेलाडीहरु जित हासिल पार्न सफल भएका छन् । हाजिरी जवाफ प्रतियोगितामा नन्दनी महतोको समुह प्रथम स्थानमा, सम्झना चौधरीको समूह द्वितीय र सलिना सापकोटाको समुहले तृतीय स्थान प्राप्त गरेको शिक्षक नन्देस्वर चौधरीले जानकारी दिनु भयो ।
