भारतीय धान आयातले कृषक सस्तो मै धान बेच्न बाध्य, सरकारद्वारा निर्धारित मुल्य घोषणामै सिमित

0 0
Ads here
Read Time:4 मिनेट, 33 सेकेन्ड

चेरवन्त खबर डेस्क

लामोसमय पछि सुरुभएको भारतिय धानको आयातले स्थानीय किसानले उब्जाएको धानको बजार मुल्य घटेको छ। सरकारले निर्धारण गरेको धानको मुल्य भने घोषणामै सिमित भएको छ।

cold baat bachau

महंगो बीउ,र मलखाद खरिद गरि उब्जाएको धानको उचित मुल्य नपाउंदा किसानहरु कम मुल्यमै बिक्रि गर्न बाध्य भएका छन । यस सिजनमा भदै मोटोधानको सुरुवाती मूल्य भन्दा भारतिय धान आयात सुरुभए पछि प्रती कुईन्टल ३०० र मसिनो धनमा प्रती कुईन्टल २०० को दरले भाउ घटेको स्थानीय ब्यापारीहरुले बताएका छन ।

tamagadhi emergency add

भारतिय धानको आयात हुनु अघि रौतहटमा भदै मोटोधानको खरिद प्रति कुईन्टल दुईहजार ७ सयको दरले सुरुभएको थियो । तर भारतिय धानको आयात सुरुभएपछी अहिले त्यही मोटो भदैधान प्रती कुईन्टल दुईहजार ४ सयको दरले खरिद भैरहेको बजरंग गल्ला भण्डार कटहरियाका संचालक भैरोलाल जैसवालले बताएका छन । त्यसैगरी भारतिय धानको आयात अघि मसिनो कतरनी धान प्रती कुईन्टल तिनहजार ७ सयको दरले खरिद सुरुभएको थियो। तर भारतिय धानको आयात पछि उक्त मसिनो कतरनी धानको भाउ घटेर हाल प्रती कुईन्टल तिनहजार ५ सयको दरले खरिद भैरहेको संचालक जैसवालले जानकारी दिएका छन ।

Breast Feeding Ads

भारत सरकारको अनुदानमा प्राप्त उन्नत बीउ र मलखाद प्रयोग गरि भारतिय किसानले उब्जाएको धानको मुल्य केहि कम भएपनी उनिहरुलाई मार्का पर्दैन । तर त्यही बीउ र मलखाद बलेक रेटमा खरिद गरि नेपाली किसानले उब्जाएको धान महंगो पर्ने हुंदा कुनै हालतमा प्रतिस्पर्धा गर्न नसकिने कटहरिया ४ का एकजना किसान गणेश साह कलवारले गुनासो गरेका छन ।
सरकार द्वारा धानको निर्धारण मुल्य घोषणामै सिमित

Kolhabi Ads

नेपाली किसानको मिहिनेत र मार्कालाई ध्यानमा राखेर नेपाल सरकारले झन्डै डेढ महिना अघि धानको समर्थन मूल्य निर्धारण गरि केही बजेट पनि छुट्याएको थियो । तर हालसम्म उक्त समर्थन मुल्यको धान खरिदको रौतहटमा कुनै प्रक्रिया सुरुभएको देखिएन। प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारको गत कार्तिक १६ गतेको मन्त्री परिषदको बैठकले मोटो तथा मध्यम धानको समर्थन मुल्य प्रती कुईन्टल दुईहजार ९६७ र मसिनो धानको प्रती कुईन्टल तिनहजार १२८ निर्धारण गरेको थियो । विभिन्न सहकारी मार्फत धान खरिद गर्न ३३ करोड बजेट छुट्याएको विभिन्न राष्ट्रिय मिडियामा समाचार प्रकाशन तथा प्रशारण भएको थियो ।

सरकारले समर्थन मुल्य निर्धारण गरि बजेट समेत छुट्याएको झन्डै डेढ महिना बित्नलाग्दा पनि जिल्लामा कतैपनी धानको खरिद प्रक्रिया सुरु नभएको कटहरिया ४ का वडा अध्यक्ष चन्दन कुश्वाहाले बताएका छन ।धान उत्पादन सुरुभएको चौथो महिना बितिरहेको छ। खेती गर्ने किसान घर परिवार चलाउने देखि अन्य सबै ब्यवहार मिलाउन धानबाली माथिनै आश्रीत हुन्छ। कतिपय किसान धान काट्नु अघिनै गाउँ घरका साहु संग कर्जा सापटी लिएर ब्यवहार चलाएको हुन्छ। सरकारको समर्थन मुल्यमा हालसम्म पनि धानको खरिद प्रक्रिया सुरु नहुनुले बेल पाक्यो कागलाई हर्ष न बिस्मात भन्ने उखानलाई चरितार्थ गरेको स्थानीय किसानहरुले गुनासो गरेका छन ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।