दाङमा खुकुरी प्रहार गरि हत्या गर्ने तीन जना पक्राउ

0 0
Ads here
Read Time:1 मिनेट, 34 सेकेन्ड


दाङ । तुलसीपुर उपमहानगरपालिका–५ का २३ वर्षीय हीरा डाँगीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जनालाई पक्राउ गरेको छ ।

raining add
tamagadhi emergency add

प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी अनुप बस्नेत, सोही ठाउँका २२ वर्षीय सुशील बस्नेत र २५ वर्षीय अमिक खड्का रहेका छन् । गए राति प्रहरीको टोलीले तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरागाउँमा लुकीछिपी बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रनाउ योगीले बताए ।

Breast Feeding Ads
Kolhabi Ads

खुकुरी प्रहारबाट गम्भीर घाइते डाँगीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि सोमबार कोहलपुरस्थित शिक्षण अस्पतालमा लगिएको थियो ।

उनको अवस्था गम्भीर भएपछि सो अस्पताले पनि थप उपचारका लागि काठमाडौं सिफारिश गरेपछि काठमाडौं लैजाने क्रममा उनको बाटोमै मृत्य भएको थियो । डाँगीमाथि आइतबार राति टरिगाउँ विमानस्थल नजिक खुकुरी प्रहार भएको थियो । रासस

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु